माओवादी प्रमुख सचेतक पाण्डेले भने अध्यादेशबाट ल्याउने विधेयकको विरोध गर्छौं

२०८१ पुस २८

काठमाडौं । नेकपा माओवादी ‘केन्द्र’ का प्रमुख सचेतक हितराज पाण्डेले सरकारले अध्यादेश मार्फत ल्याउने विधेयकको विषयलाई पार्टीले विरोध गर्ने बताएका छन् ।

प्रमुख सचेतक पाण्डेले  आइतबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै संसद मार्फत नै सरकारले विधेयकका कामहरू अगाडि नबढाए विरोध गर्ने बताएका हुन् ।

संसद्लाई यसरी छल्ने कुरा सरकारका लागि बेठिक छ । हामीले यसको विरोध गरेका छौं,’ प्रमुख सचेतक पाण्डेले भने, ‘यो सरकारले ६ महिनासम्म जनताको बारेमा केही गर्न सकेको छैन । हाम्रो अहिले सरकार बनाउने प्राथमिकता होइन ।’

अध्यादेशमार्फत ल्याइएका विधेयकहरू जनताको हितमा नहुने र जनताको आवाज सम्बोधन गर्न नसक्ने पनि बताए ।

कांग्रेस–एमाले समीकरणको सरकारले जनताको हित हुने काम गर्न नसकेको समेत आरोप लगाउँदै उनले माओवादी केन्द्र जनतासँग जोडिने अभियान रहेको उल्लेख गरे ।

अहिले धेरै विधेयकहरु पारित भएका पनि छैनन् । अनि हामी निरन्तर समितिहरूमा छलफल गरेर छिटो समितिबाट सभामा लैजानुपर्छ भनेका छौं । उनले सरकारले जसरी अध्यायदेशबाट विधेयकहरू ल्याइरहेको छ, यो बेठिक छ । यसले ठिक ढंगले जनताका आवाजहरूको सम्बोधन गर्न सक्दैन प्रमुख सचेतक पाण्डेले भने।’

 

 

 

प्रतिक्रिया दिनुहोस्: