आज रवि लामिछानेको बयान सकियो

२०८१ पुस १२

कास्की । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको कास्की जिल्ला अदालतमा बयान सकिएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा लामिछानेको दुई दिन बयान भएको हो ।

उनीसँग पहिलो दिन बिहीबार ३ घण्टा र दोस्रो दिन शुक्रबार दिनैभरि बयान लिइएको हो । बयानका क्रममा उनले गोर्खा मिडियाको सबै जिम्मेवार जीबी राई रहेको बताएका छन् । उनलाई २ दिनमा २६ भन्दा बढी प्रश्न गरिएको थियो उनले इन्कारी बयान दिएका छन् ।

बयानका क्रममा लामिछानेले न्यायाधीशले सोधेका सजिला प्रश्नको जवाफ दिएका थिए भने अप्ठ्यारा प्रश्नमा जीबी राईलाई जिम्मेवार बनाएका थिए । सहकारीको खाताबाट कुनै रकम नलिएको र रकम नमासेको उनको दाबी छ । प्रहरीमा दिएको बयान नै सही सत्य भएको उनले बताए ।

प्रहरीको अनुसन्धान र सरकारी वकिल कार्यालयको अभियोगपत्रका आधारमा न्यायाधीशले प्रश्न गरेका थिए ।

उक्त सहकारी ठगी मुद्दामा लामिछाने, जोशी, पछाइ, कृष्णबहादुर गुरुङ र रामबहादुर खनाललाई बयानका लागि गत सोमबार अदालतमा उपस्थित गराइएको थियो । सबै प्रतिवादीहरूको बयान सकिएपछि मात्र थुनछेकको बहस र आदेश हुने अदालतले जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्: