समाज
मानमा । कालिकोट जिल्लाको तिलागुफा नगरपालिका वडा नं. ४ को वडाध्यक्षमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का खड्गराज शाही निर्वाचित भएका छन् ।
शाहीले १४३ मत ल्याएर विजयी भएका हुन् । ०७९ को निर्वाचनमा नेकपा माओवादी केन्द्रका परबहादुर शाहीबाट नेमकिपाका उम्मेदवार दीपबहादुर शाही पराजित भएका थिए । त्यतिबेला नेमकिपाका उम्मेदवार दीपबहादुर शाही निकटतम प्रतिद्वन्द्वि थिए ।
परबहादुर शाहीको पहिरोमा परेर निधन भएसँगै उपनिर्वाचन भएको हो ।



प्रतिक्रिया दिनुहोस्: