पूर्व राजा ज्ञानेन्द्र शाह मध्य र सुदूरपश्चिम भ्रमणको तयारीमा

२०८१ मंसिर १२

काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाह आगामी हप्ता मध्यपश्चिम एवम् सुदूरपश्चिम क्षेत्रको भ्रमणमा निस्कने भएका छन् ।

भ्रमणको क्रममा विभिन्न शक्तिपीठको दर्शन गर्नुका साथै स्थानीयसँग छलफलको कार्यक्रम पनि तय भएको उनको सचिवालयले जानकारी दिएको छ ।

पूर्व राजाको सम्वाद सचिवालयका अनुसार पूर्व रानी कोमल शाहको साथ ज्ञानेन्द्र मध्यपश्चिम एवम् सुदूरपश्चिम क्षेत्रको केही जिल्लाहरूको भ्रमणको सिलसिलामा आगामी हप्ता नेपालगन्ज जाने कार्यतालिका छन् ।

प्रतिक्रिया दिनुहोस्: