पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा गिरावट

२०८१ भदौ ३०

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल , डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।

इण्डियन आयल कर्पोरेसनबाट आइतबार प्राप्त नयाँ खरिद मूल्यअनुसार नेपाल आयल निगमले आजै राति १२ बजेदेखि लागू हुने गरी मूल्य समायोजन गरेको हो ।

निगमले निकालेको विज्ञप्तिअनुसार पेट्रोलमा प्रतिलिटर ४ र डिजेल/मट्टितेलमा ५/५ रुपैयाँले मूल्य घटेको छ ।

मूल्य घटेपछि चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १५६ रुपैयाँ र डिजेल तथा मट्टितेल प्रतिलिटर १४६ कायम भएको छ ।

त्यस्तै सुर्खेत र दाङ क्षेत्रमा पेट्रोलको मूल्य लिटरको १५८ रुपैयाँ र डिजेल तथा मट्टितेल १४८ रुपैयाँ पर्नेछ । काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १५९ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १४९ कायम भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्: