लोसपा मधेस प्रदेश संसदीय दलको नेतामा सोनल

२०८१ भदौ ३०

जनकपुर । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को मधेस प्रदेशको संसदीय दलको नेतामा जितेन्द्र सोनल चयन भएका छन्।

लोसपा मधेश प्रदेश  संसदीय दलको आज जनकपुरमा बसेको बैठकले लोसपाका मधेस प्रदेश अध्यक्षसमेत रहेका सोनललाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेका छन् ।

लोसपा मधेश प्रदेश अध्यक्ष समेत रहेका सोनल बारा निर्वाचन क्षेत्र नं. ४ (ख) बाट निर्बाचित प्रदेश सभा सदस्य हुन्।

संसदीय दलको बैठकले संसदीय दलको नेतामा सोनललाई चयन गरेको निर्णय प्रदेश सभाका सभामुखको सचिवालयमा पठाएको र सभामुखबाट पनि उक्त निर्णय अनुमोदन भइसकेको सोनलका स्वकीय सचिव रमेश सर्राफले  राष्ट्रमार्गलाई जानकारी दिए।

यसअघि उनि २०७४ देखि २०७९ सम्म पनि लोसपाको संसदीय दलको नेता थिए। सोनल मधेस प्रदेश सरकारको  भौतिक पुर्वाधार विकासमन्त्री समेत बनेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्: