मधेश प्रदेशका ८ राज्यमन्त्री बर्खास्त भएका छन्

२०८१ साउन २९

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले ८ जना राज्यमन्त्रीलाई बर्खास्त गरेका छन् ।

८ राज्यमन्त्री थप्दै २० सदस्यीय मन्त्रिपरिषद् बनाएपछि मुख्यमन्त्री सतिशकुमार सिंह नेतृत्वको सरकारको आलोचना भइरहेको थियो । मुख्यमन्त्री सिंहले आठजना राज्यमन्त्री बर्खास्त गरिएको जानकारी दिएका हुन्।

मधेशमा दलहरूबीच भागबन्डा मिलाउन २० सदस्यीय जम्बो मन्त्रिपरिषद् बनाइएको थियो । जनमत पार्टीबाट मुख्यमन्त्री भएका सतिशकुमार सिंहले गत मंगलबार ५ राज्यमन्त्री थप्दै मन्त्रिपरिषद् विस्तार गरेका थिए ।कांग्रेसबाट २, एमाले, जनमत र लोसपाका १/१ राज्यमन्त्री थपिएका थिए । मधेशमा यसअघि मुख्यमन्त्रीसहित १२ मन्त्री र ३ राज्यमन्त्री थिए ।

पछिल्लोपटक गत मंगलबार पाँचजना राज्यमन्त्री थप्दै २० सदस्यीय मन्त्रिपरिषद् बनाइएको थियो । पछिल्लोपटक थपिएका पाँचजना राज्यमन्त्री आठ दिन मात्र मन्त्री रहे ।

जसपाले यसैलाई मुद्दा बनाउँदै आन्दोलन गरिरहेको थियो । बर्खास्त हुनेमा एमालेका ३, कांग्रेसका २, जनमतका २ र लोसपाका १ जना रहेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्: