समाज
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन् । राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा संयुक्त बैठक आह्वान गरेका छन् । उनले आगामी शुक्रबार दिउँसो ३ बजे बस्ने संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका हुन् ।
संविधानको धारा ९५ अनुसार राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने प्रावधान छ ।
संविधानको धारा ९५ (१) वमोजिम राष्ट्रपतिले संघीय संसद्को कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्न सक्नेछ ।
त्यस्तै धारा ९५ को उपधारा (२) वमोजिम राष्ट्रपतिले प्रतिनिधिसभाको निर्वाचनपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने प्रावधान छ ।



प्रतिक्रिया दिनुहोस्: