ज्ञानेन्द्र शाही : यो सरकार हो कि आतङ्कवादी ?

२०८३ बैशाख २९

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारले सुकुम्वासी हटाउने नाममा गरेको हर्कत आतङ्कवादीको जस्तै भएको टिप्पणी गरेका छन् ।

आज मङ्गलवार प्रतिनिधि सभा बैठकमा बोल्दै नेता शाहीले सत्ता स्थायी नहुने भन्दै हेक्का राख्न चुनौती समेत दिएका छन्।

शाहीले सरकार सँग प्रश्न गर्दै भने ‘अव्यवस्थित बस्ती जोगाउनुपर्छ भन्ने होइन, सरकारी जग्गा हडपेकाहरूलाई हटाउनुपर्छ तर सरकारको कार्य शैली आतङ्कवादीको जस्तै भयो, यो सरकार सरकार हो कि आतङ्कवादी हो ?’,

मानवीय संवेदनमा डोजर चलाएर विकास नहुने भन्दै सत्ता र शक्तिको आडमा कसैलाई नजोगाउने हो भने मन्त्रीका घरमा किन डोज नलाएको हो भनेर शाहीले प्रश्न गरेका छन् ।

सुकुम्वासी हटाउने नाममा दुई नागरिकको ज्यान गएको भन्दै नागरिकको ज्यान बचाउने काम सरकारको हो कि होइन? भन्दै प्रश्न गरे ।

 

प्रतिक्रिया दिनुहोस्: