(डा. शास्त्र दत्त पन्त)
१. राजा बीरेन्द्र ‘सादा जीवन उच्च विचार’ का धनी थिए । क्षेत्रीय भ्रमणको सिलसिलामा नियालेर हर्नेहरूले उनको जीवनशैली राम्ररी बुझेकोहुनु पर्दछ । यस्ता कुरालाई वैयक्तिक ठानेर सार्बजनिक नगरिएको हुन सक्तछ । उनमा तडकभडक थिएन । फजुल खर्च गर्दैैनथे । सकेसम्म पुरानो वस्तुलाई मर्मत गरेर भए पनि काम चलाउनु पर्दछ भन्ने मनसाय थियो । क्षत्रीय भ्रमणको बहानामा नयाँ सोफासेट किनेको उनलाई मनपर्दैनथ्यो । मर्मत गरेर चलेसम्म चलाउनु पर्दछ, ती सफा, चुस्त र तन्दुरुन्त हुनु पर्दछ भन्ने धारणा उनमा पाइन्थ्यो । स्वयं आफूले नै मर्मत गरेका वस्तुको प्रयोग गरेर नमूना र उदाहरण देखाइ दिने गर्दथे । राजाका सामिप्यमा रहने उच्च पदस्थ व्यक्तिकालागि पनि उनी प्रेरणाका स्रोत, असल गुरु र मार्गदर्शक नेता थिए ।
२. आफ्नो काम आफै गर्नुपर्दछ भन्ने कुरा उनी युवराज हुदादेखि कै हो । बिभिन्न ठाउँमा ट्रेकिङ्मा जादा आफ्ना झोला आफै बोक्ने अभ्यास गर्दथे । उनीसंग जाने कर्मचारीले उनका आँखा छलेर भरियालाई झोला बोकाउँथे । त्यस्ता भरियालाई शक्तिको दुरुपयोग गरेर पारितोषित गर्ने गर्दथे । जस्तोसुकै कष्टकर जीवन बिताउन राजा कहिल्यै पछि पर्दैनथे । उनको सुख भनेको त जनताको सुखको मुस्कान मात्र थियो । उनले प्रयोग गरेका बंगला, शयनकक्ष आदिबाट पनि उनको सादा जीवन अनुभूत गर्न सकिन्छ । उनी गो सेवा गर्नेदेखि अनाहत ध्वनी सुन्ने काम समेत गरेको चर्चाछ ।
३. उनमा नेगोसिएशन तथा वार्गेन कला थियो । त्यही सीप र क्षमताका कारण दक्षिण एशियाली सहयोग संगठन (सार्क) को हेडक्वाटर काठमाडौं बन्न सकेको हो । इसिमोडको स्थापना यहाँ हुन सकेको हो । यु.एन.पीस प्रशिक्षण केन्द्र यहाँ बन्न सकेको हो । शान्तिक्षेत्र नेपालको पक्षमा ११६ राष्ट्रको समर्थन रहन सकेको हो । त्यसले गर्दा दक्षिण एशियाका अरु देशमा रहेका हेडक्वाटर नेपालमा सर्दै आएका हुन् । दीर्घकालीन रुपमा नेपालको पयर्टन व्यवसाय फष्टाउँन सघाएको छ । उनको त्यो सिपले निरन्तरता पाएको भए आजसम्म नेपालको पर्यटन राम्ररी विकास भइसकेको हुने थियो ।
४. कसैसँग नरिसाउने, मृदुल भाषी राजा वीरेन्द्रमा अरुले भनेका कुरा सुन्ने धैर्यता थियो । एउटा महान नेतामा हुनुपर्ने सबै महान गुणहरू भएका उनको बोल्ने शैलीमा चुम्बकीय जादू थियो । सधैं हँसिलो अनुहारमा रहने राजामा रिस, आवेग वा आक्रोशले ठाँउ लिन सक्तैनथ्यो । राजा र राजसंस्थालाई सत्य सराप गर्ने मानिसले पनि उनीसँग आधा घण्टा कुरा गर्ने अवसर पायो भने लठ्ठिने मात्र होइन हिजोसम्म राजाप्रति रहेका गलत सोचप्रति प्रायश्चित गरेरै फर्कने गर्दथ्यो । पछिल्लो समयमा माओवादीले राजा वीरेन्द्रलाई भेट्न चाहेका थिए । मलाई लाग्दछ उनीहरूले एक पटक राजा वीरेन्द्रसँग भेट्न पाएको भए हात हतियार ल्याएर बुझाउने थिए, राष्ट्र उत्थानको कार्यमा अग्रसर हुने थिए । सायद दरबार पनि अप्रिय घटनाबाट उम्कन सक्ने थियो । किनभने त्यो यथार्थमा सनक नभएर षडयन्त्र थियो । तथाकथित दश वर्षे जनयुद्धमा पटकपटक घेराबन्दीमा पर्दापनि उनीबाट गोली चलाउने आदेश भएन । अपराधी पनि देशको नागरिक हुन्छ र उसले पनि न्याय पाउनु पर्दछ भन्ने वैदिक राजाको चरित्र उनमा थियो । अध्यातम, धर्मको मर्म बुभ्mन नसक्ने गिरिजाले माओबादी राजाले पालेका फौज भनेर आरोप लगाउनेजस्ता काम गरेर द्वन्द्वभड्कउनु गलत थियो । बास्तबमा देशका सबै प्राणी, आततायी र गुरिल्ला युद्धकारी जे भएपनि तिनलाई सुधार्ने र भलो गर्ने काम राजाको हो, सरकारको होे ।
५. राजा वीरेन्द्रमा कसैको चित्त नदुखाउने, सबैको कुरा सुन्ने र दृढता र आत्मबल सहित निर्णय लिन सक्ने खुबी थियो । जनमत संग्रहको घोषणा, जनतालाई अधिकार दिने कुरा, प्रजातान्त्रिक अभ्यासका कुरा, आफ्ना अधिकार कटौती गर्नेसम्मका कुरामा एक्लै निर्णय लिन्थे । अरुको रायको कदर गर्ने र आफूले उचित ठह¥याएको निर्णयलाई कार्यान्वयन पनि गरी छाडथे । हरेक कुरा सकारात्मक रुपले सोच्ने तथा राम्रोकोलागि मात्र राम्रा काम गर्ने उनको बानी थियो । बाहिर सडकमा गरिने भनिने राजसी शौखसँग उनको कुनै शौख थिएन । राजा जनक र राजा रामका जीवनमा वर्णित धेरै गुण राजा वीरेन्द्रमा विद्यमान थिए ।
६. समय धन हो समय एक मिनेट पनि खेर फाल्नु हुँदैन भन्ने उनको धारणा थियो । मानिसले आराम पाउनु पर्दछ तर विकास आयोजना चौबिसै घंटा चल्नुपर्छ भन्नेधारणा थियो । बिदेशीलाई भन्दा स्वदेशीलाई र स्वादेशीमा पनि स्थानीयले ठेक्का पाउने बनाउनकालागि पिसमिल ठेक्काको सुरुआत गराउने उनको निर्देशन थियो ।
७.देशको सर्वाङ्गिण विकासकालागि सबै नेपालीले एथेष्ठ मेहनत गर्नु पर्दछ । काम गर्न पहिले ज्ञान, त्यसपछि सीप र अनि क्षमता हुनु पर्दछ । ज्ञान, सीप र क्षमता बढाउने व्यवस्था राज्यले गरिदिनु पर्दछ भन्ने राजा बीरेन्द्रको सोच थियो । प्रशासनिक प्रशिक्षण प्रतिष्ठानहरू, सिटिइभिटी जस्ता व्यवसायिक विद्यालयहरू देशभर फिजाउने काम उनको त्यही सोच अनुसार नै भएका हुन् ।
८. उनी अत्यन्त नरम दिल, करुणामय भावनाले ओतप्रोत भएका व्यक्तित्व थिए । भूकम्प, बाढी पैरो र अग्नि पीडित जस्ता प्रकोपमा परेका व्यक्तिहरू देखेपछि उनीहरूको पीडा आफैंले आत्मानुभूति गरेको स्पष्ट देख्नबुझ्न सकिन्थ्यो । जनताको पीडा राजाको आफ्नो पीडा हुन्थ्यो । मेहन्द्र राजमार्गका छेउछाउ चुरे पहाडसम्म वन अक्रिमण गरेर बस्नेको संख्या अत्यधिक ठूलो थियो । तिनलाई बल प्रयोग गरेर हटाउने प्रस्ताव सबैले गर्दथे । तर राजाको करुणामयी वचनले के भन्दथ्यो भने तिनले पनि कहीं टाउको लुकाउने ठाउँ त पाउनु प¥यो नि ? तिनलाई पनि त्यसरी बस्न त आनन्द त अवश्य छैन होला । त्यही करुणाको भावलाई बुझेर शतप्रतिशत नेपालीले एकैसाथ एकैस्तरको शिक्षा, सीप र क्षमता र पूर्ण रोजगार पाउन सक्ने “व्यवस्थित बस्ती र गाँउ विकास” मोडल सर्जिएको हो । यो आत्मनिर्भर हुने, बिदेशी सहयोग नचाहिने मौलिक पद्धति हो ।
९.बि.सं.२०४६ सालको जनआन्दोलनमा मन्त्री प्रशासकले आन्दोलनकारीहरूका नेताहरूलाई गिरफ्तार गरेर आन्दोलन दवाउन चाहन्थे । राजाले गिरफ्तार गराएर जन मागको लहर दवाउन चाहँदैनथे । जन विचारलाई जन विचारले नै दवाउनु पर्दछ, थुन छेक गरेर होइन भन्ने उनको धारणा थियो । राज्यले केवल रक्तपात, हिंसा र प्रतिंिहंसा हुनबाट मात्र रोक्नु पर्दछ भन्ने उनको दृढता थियो ।
१०. दरबारियाहरूले ढाकछोप गर्ने गर्दछन् भन्ने कुरा राजालाई थाहा थियो । गोरखापत्रमा आगो लागेको कुरा ढाकछोप थियो भन्ने कुरा थाहालागेपछि रिपोर्टप्रति उनलाई पत्यार लागेन । तुरुन्त गोरखा पत्र छापाखानामा आफै पुगे । रिपार्ट गलत भएको थाहा पाए, भनिन्छ त्यतिखेर उनले आक्रोस व्यक्त गरेका थिए । ‘हात काटेर बिदेशीलाई दिनु भन्दा अधिकारकाटेर नेपालीलाई दिनु उचित ठाने उनले । अगाध राष्ट्रियताभाव र जन चाहनाको कदरको त्यो मार्मिक उदाहरण पनि हो ।
११.उनले अधिकार होइन जिम्मेबारीलाई ठूलो ठान्थे । २०४६ पूर्व पनि आफूलाई वैदिक राजदर्शन अनुरुप संवैधानिक राजा ठान्थे । उनमा अत्याधुनिक राज्य व्यवस्था संचालनको ज्ञान, सिप र क्षमताको पनि भंडार हुन् । उक्त कुराले के पुष्टि गर्दछन् भने स्व. राजा वीरेन्द्र राष्ट्रको एउटा अत्यन्त ठूलो विद्वान, ठूलो कृषिविद, एउटा उत्कृष्ट योजनाकार, दूरदर्शी, शान्तिप्रिय, धर्ममा गहिरो आस्था, सादा जीवन उच्च विचार भएको, रिस, राग, मोह रहित, समदर्शी, अत्यन्त न्यायी तथा राष्ट्रियता सम्वद्र्धनका लागि उँचो विचार भएको अतुलनीय सर्वगुण सम्पन्न व्यक्तित्वका धनी हुन् । विश्व छविको शिखर पुरुषमा गनिने ब्यक्तित्वका धनी थिए । उनी त्यागी, निष्पक्ष र जन विचार कदर गरेर काम गर्ने, संरक्षकत्व दिन सक्ने भएकाले उनको शासनकालमा सबै नेपाली निर्धक्कसँग खुला आँगनमा गहिरो निद सुत्न सकेका थिए ।
उनको बहुआयमिक प्रतिभा, नेतृत्व खुवी, योजना निर्माण, अन्याय नगर्ने नसहने बानी मन, वचन र कर्ममा एक रुपता आदि गुणले उनको व्यक्तित्व उँचो छ । जसको गहनतम प्रकाश पार्ने हो भने एउटा महाग्रन्थ बन्दछ । राष्ट्रप्रति समर्पित विद्वानहरूको त्यतापट्टि ध्यान तान्ने र दलका नेताले अनुसरण गरुन् भन्ने यस लेखको आसय हो ।
१२. राज बीरेन्द्रले कुनै पनि वस्तु कामचलेसम्म त्यस वस्तुको उपयोग गर्नु पर्दछ भन्ने भावना राख्दथे । त्यही भावनाको कदर गरेर उनको शासनकालमा सर्वत्र मितव्ययिताको अभ्यास गर्नेगराउने प्रबृत्ति थियो । एक पटक एउटा भ्रमणमा राजाको क्याम्पकालागि भनेर एउटा नयाँ सोफासेट किनिएको थियो । त्यो सेट राजाले त एक हप्ताजतिमात्र प्रयोग गर्ने थियो, त्यसपछि स्थानीय कुनै कार्यालयले प्रयोग गर्ने नै हुन्थ्यो । संभवत किन्नेले कार्यलयले नै राजाको नाममा गतिलो सोफा प्रयोग गर्न चाहन्थे होला । राजालाई त्यो कुरो थाहा भयो । सवारीमा संलग्नको समुहमै यसरी नयाँ किनिरहनु पर्दैन, कुनै पुरानो वा मरमत गरेको भए पनि हुन्छनि भनेर कसैलाई नहप्काई, नडाटिकन सामान्य भाषामा तर सवैले बुझनेगरी सझाई वक्सेको थियो ।
१३.कैयौं कुरा राजामा व्यवहारले सिकाउने खुबी थियो । उनले मुखले अह््राउने भन्दा व्यवहारमा गरेर अनुकरण गर्न सिकाएँथे । बोलेर हैन कामले सिकउँथे । एउटा उदाहरण लिऔं, एउटा क्षत्रीय भ्रमणको । भ्रमणमा राजारानी अक्सर पालमा बस्दथे, सामान्य खाना खान्थे । जनताले बाहिर भनेजस्तो, तथाकथित दलमा आस्था राख्नेले सोचेजस्तो राजारानीको जीवन शैली पटक्कै हुँदेनथ्यो । अति सामान्य मानिसको सरहनै हुन्थ्यो । मध्य पश्चिमको एक क्षत्रीय भ्रमणको कुरा हो, राजालाई भेट्ने वा भेटन आउने सवैले देख्ने गरेर सामान्य छालाको चप्पल लगाइ बक्सेको थियो । त्यो चप्पल राम्ररी टालेको अथवा मरमत गरिऐको थियो । त्यो देख्ने जो कोहीले अनुमान गर्न सक्तथ्यो कि लगाउने कपडा प्रयोग गर्ने पोशाक वा घरेलु सवै वस्तु काम चलेसम्म चलाउनु पर्दछ । मरमत गरेर पनि काम चलाउनु पर्दछ । नयाँ किन्नुभन्दा मरमत गर्दा अति न्युन खर्च लाग्दछ। झण्डै एक जोडा नयाँ वस्तु किन्ने रकमको दश।बिस प्रतिशतमा नै मरमतबाट सुधार्न सकिन्छ ।
१४. हरेकले हरेक दिन व्यवस्थित भण्डारण गर्ने बानी बसाल्नु पर्दछ । कुनै काम गरेपछि प्रयोग गरेका वस्तु फेरि सहि ठाउँमा राख्नु पर्दछ । मलाई कसैले सुनाएको थियो राजाको दिल्लीस्थित दूतावासमा जाँदा एउटा कुनामा रंगलगाउन प्रयोग भएको भ¥याङ्ग खडा थियो । त्यो हतारहतारमा दूतावास सजाउन लाग्दा त्यहाँबाट हटाउन नसकेको हुन सक्छ, अथवा राजा त्यो कुनामा पुग्ने हैनन् भन्ने अनुमानका भरमा त्यहाँ फालेको हुन सक्दछ । राजाको नजर तयसमा परेपछि वस्तु निश्चित स्थानमा थल्क्याउनुपर्ने हुकुम भएको थियो रे । अथवा साना ठूला सवै काम व्यवस्थित, समयमा पुरागर्नु पर्दछ भन्ने सोच थियो उनमा ।
१५.संसारमा जन्मे पछि कर्म त सबैले गर्नैे पर्दछ । अझ राज्यको कोषबाट तलब खानेको काम निस्काम सेवा भावको हुनु पर्दछ । यो सुशासनिक चरित्र हो । क्षत्रीय भ्रमणमा जाँदा एक पटक जुम्लामा पुगेको बेला त्यहाँका स्थानीय बासिन्दालमई सामुहिक छलफलमा दर्शन बक्सेको थियो । अक्सर क्षत्रीय भ्रमणमा राजाका गतिबिधिको प्रत्यक्ष प्रसारण हुँदैन । तर त्यस पटक केभएर हो रडियो नेपालमा प्रशारित भएको थियो । त्यो कुरा मैले रेडियोमा सुनेको भरमा स्मरण गरिरहेको छु । त्यस प्रसारणमा मैले शेरबहादुर देउवाले बीबीसीको एक कार्यक्रममा श्री ढकालको प्रश्नको आशय नबुझै झै जुम्लाका जनताले राजाको प्रश्नको आशय बुझ्न नसकेको पाएँ । राजालाई भेटने टोलीको एक लाइनबद्ध सवैको सूत्रीय माग थियो, हामीलाई चामल चाहियो, मागेजति चामल उपलब्ध हुनु प¥यो । राजाबाट उनीहरुसंग सोधनी भएको क थियो भने, ठीक छ चामलत त उपलब्ध गराउँला, तर त्यो चामल किन्नलाई पैसा चाहिन्छ । पैसा कमाउन यहाँका जनताले केके काम गरेर के के उत्पादन गर्ने, त्यसलाई कसरी बेच्ने र जुम्लाबाट निर्यात गर्ने, त्यो कुरा भनन, भन्ने राजाको आशय थियो । त्यसको जबाफमा पनि जनताले चामल चाहियो नै भनेका थिए । यसै कुरालाई राजाले राम्ररी अथ्र्याएर अथवा केशरजस्ता खेतीपाती, भेडाचौरी पालन, गलैचा आदि बुनाई जस्ता के काम गरेर त्यहाँका जनताको आय बढाउने र त्यस आयबाट त्यहाँ नहुने चामलजस्ता वस्तु किन्न सकिने धन कमाउने भनेर अथ्र्याए पछि पनि जनताले चामल चाहियो नै भनेपछि राजाको स्वर अलि चर्काे भएको थियो । राजाको त्यति चर्काे स्वर अगिपछि कहिल्यै सुनिएको थिएन ।
श्री ५ बीरेन्द्को स्वभाव
१. राजा बीरेन्द्र नम्र र भद्र स्वभावका राजा थिए । उनी जनताको सोचबिचार सगालेर देश बनाउने कामका उच्च स्तरका सक्कली नेता राजा थिए । उनमा नेतामा हुनुपर्ने सबै गुण थिए र वैदिक राजामा हुनुपर्ने सवै गुण पनि थिए । उनको अगाडि जति फुइँफाई गर्ने नेताहरुले पनि एकै क्षणमा नतमस्तक हुन्थे । फर्कदा भक्त भएरै फर्कन्थे ।, एकचोटी भेटेपछि जो पनि नतमस्तक भइ हाल्दथे , भइरहन्थे । बरिस्ट नेता मदन भण्डारी, मनमोहन अधिकारी र बीपी कोइरालाहरु त राजका अगाडि यति नतमस्तक थिए कि साँच्चे राजा नहुने हो भने देश रहन सक्तैन, गरीवीको अन्त्य हुँदैन, आर्थिक उन्नति हुँदेन, अनि अनेकतामा एकताको कडी पनि भाचिन्छ भन्दथे । उनीहरु यस्ता सोच बनाएर जनताबिच पनि पुग्दथे । नेकाँका बीपीले त राजा नभए देश पनि रहन सक्तैन भनेका थिए ।
२.
राजनीतिक सुझबुझ
१. राजा बीरेन्द्रमाथि नेकाँका केही आततायीले बम प्राहर गरेका थिए । तिनले रअको सहारामा खास गरेर काओको योजनामा हबाइजहाज अपहरण पनि गरेका थिए । अरबौं रकम लुटेका पनि थिए । तर ती घटनालाई उनले आततायीका रुपमा लिएका थिए । तर २०३६ सालको दलबिहिन जन आन्दोलन भनिएकोलाई उनले विश्वभर सूचना प्रवाह गर्न राजनीति पद्धति चयन गराउन जनमत संग्रहको घोषणा गरिदिएका थिए । त्यो दलबिहिन पञ्चायती व्यवस्था राजाले लादेको होयन जन चाहनाले मागेको व्यवस्था हो भनेर प्रमाणित गरिदिएका थिए । अमेरिका लगायत प्रथम विश्वका मुलुकले समेत प्रसंसा गरेका थिए ।
२. राजा बीरेन्द्रले सम्बत २०४६ सालमा भने हुनसक्ने ठूलो जनधनको क्षति जोगाउन बहुदलीय पद्धतिको घोषण गरि दिएका थिए । त्यसबेला नेपालका दलको सत्ता पल्टाउने भनने सोच भारतको बुइृ चढेर भउको तयो आफै बिलाउको थियो । आन्दोलन कमजोर भएपछि राजाले बहुदलीय शासनको घोषणा गर्नुको कारण विश्व राजनीतिको प्रभावको उपज थियो । अमेरिकाले रुसको पतन गराउने रणनीतिको कारण पनि थियो । सायद त्यो पछाडि नेपाली दलहरुकोभन्दा भारतको कुटिल जंजालको बढि हात छ । आजको नेपालको शासनमा के भइरहेकोछ जो कोहीले हेरेको छ, देखेकोछ ।
३.राजाले यस्तो राजनीतिक परिबर्तनको घोषणा गर्छन् भन्ने मागकर्ता दललाई रुनोरत्ती पनि थाहा थिएन । गणेशमानले त हामीले लोटा लिएर प्रजातन्त्र मागेका थियौं राजले गाग्रबिाट खन्याइदिएकोले लोटाम नअटाएर भुइभरि पोखिएको हो समेत भनेका थिए । आज त्यही पोखिएको राजनीतिमा दलहरुले भूइमा हातले सोह्री रहेका छन् ।
४.सत्य के हो भने राजा बीरेन्द्रले जनमागलाई बिद्रोही ठानेर दमन गर्नेभन्दा जनमागको गहिराई बुभ्mने, र जायजलाई पुरागर्नमा नै रुची राख्दथे । यत्ति बिचार गर्दथे की माग नेता व्यक्तिका हुन कि जनताको बिचार बोकेका हुन्, त्यो गहिरिएर बुझ्दथे । उनी जनचाहनातिर बढि रुचि राख्दथे र पछि राजा ज्ञानेन्द्रले पनि त्यही पदचाप बोकेका थिए ।
मितव्ययी र सादा जीवनका अभ्यासी राजा वीरेन्द्र
१.श्री५ बीरेन्देको मन मस्ष्किोको सोच थियो – जनताले तिरेको करबाट हाम्रो खर्च टर्छ, त्यसैले जथाभावी खर्च गर्न हुँदैन । सम्बत २००२ पौष्ष १४ गते जन्मेका राजा पिताका प्यारापुत्र थिए । महेन्द्रले उनलाई बीरु भनेर बोलाउँथे । उनले दार्जलिङको सेन्ट जोसेफ स्कूल, बेलायतको इटन कलेज, अमेरिकाको युनिभर्सटी, उच्चतम राजनीतको पढाइ हुने ……विश्वविद्यालय, जापानको टोकियो विश्वखिद्यालय लगायतका शिक्ष्ण सस्थाबाट उच्च शिक्षा हासिल गरेका थिए । २५ बर्षको उमेरम राजा बन्ने बित्तिकै उनले नेपालको प्राथमिक शिक्षालाई निशुल्क र अनिवार्य शिक्षा घोषण गरेका थिए । त्यसपछिको १२ बर्षमा हरेक पञ्चायतमा माध्यमिक विद्यालय र निशुल्क शिषा बनाउने दिगो योजना बनाएका थिए , उनले ।
२. सुयोग्य पिताका सुयोग् पुत्र भएकै कारण उनका पालामा थप ४९ राष्ट्रसंग कुटनीति सम्बनध बिस्तार भएको थियो । राजा महेन्द्रले बढाएको नेपालको गौरवलाई उनले थप उत्कृष्ट बनाएका थिए ।
३. राजा बीरेनद्र प्रजातन्त्रबादी राजा हुन् । उनले पितासंग पनि यस्ताकुराको चर्चा गर्दथे । फलतः राजदरबारमा उनकै नेतृत्व रहने गरी जाँचबुझ केन्द्रको स्थापना उनी युवराज छँदै गरिएको थियो । दलहरु र केही इशाइ मुलुकले थोरथार प्रश्न उठाएपछि उनैले राजनीति पद्धतिको चयन गर्न हक जनतालाइृ दिए, जनमत संग्रह गराए । यसतो उत्कृष्ट अभयास, सायद विश्कै इतिहासमा पहिलो हो । ५५ प्रतिशतले निर्दलीय पञ्चायत वयवस्था का पक्षमा मत दिएका थिए ।
४. राजा बीरेन्द्रले नेपाललाई शान्तिक्षेत्र प्रसताबको घोषण गरेका थिए । विश्वभरका १३० उत्कृष्ट राष्ट्रहरुले त्यस प्रसतावलाई मान्यता दिएका थिए भने ११८ राष्ट्रले मान्यताका पत्र नै पठाइ सकेका थिए । भारतलेमात्र आफ्नो नीति अनुकसल भएन भनेर समर्थन गरेको थिएन । नेपालका धेरै नेताले भारतका बिरोध गरेका थिए भने केही भूमिगत दलाली तथा भरौटे अज्ञ नेताले भारतकै समर्थन गरेका थिए ।
यसभित्र वैदिक सस्कारको गुढ रहस्य थियो, शान्तिबाचनमा उल्लेख भएझैं विश्व शान्ति बनाउने सूत्रवत धारण थियो । शानितक्षत्र नेपालले विश्व शान्तिको र विश्व भतृत्व कायम गराउने मुलुकका रुपमा परिचय बनाउने योजना थियो । मूढ दलनेताले कुरै नबुझी भारतको जी हजुरिमा लागेर नेपालको आत्मनिर्भर र शान्तिनेतृत्वको खुबी पनि गुमाए । प्रतिmल नेपालहिरु कामको खोजीमा बिदेशीको दासत्व स्विकार गरेर पलायन भएका छन्, आज ।
५. राजा बीरेन्द्रमा संबिधानभन्दा माथिको अधिकार भए पनि, उनले कहिल्यै अधिकारको दुरुपयोग गरेनन् । त्यसोत कुनै पनि राजाले यो काम गरेको पाइँदैन । राजा पृथ्वी, राजा त्रिभूवन, राजा महेन्द्र, राजा बरिेन्द्र र राजा ज्ञानेनद्रले पनि संबिधानिक अधिकारको दुरुपयोग गरेका छैनन् । हु.प्र.को दुरुपयो गरेकै छैनन् । कसैले कहिं गरेको पाइउ पनि त्यो प्रमको चानामा भएको पाइन्छ ।
राजाले राजपरिषद, भारदारी सल्लाहकार, राजपरिषद, व्यवस्थपिका, लगायत सर्बाेच्च अदालतसंग समेत सल्लाह लिन्थे भने आम जनताको माग र समर्थनलाई पहिलो प्राथमिकता दिन्थे । यही कामकालागि उनले नियमित क्षत्रीय भ्रमण गर्दथे र देशभरका जनताको राय लिने र तदनुरुप शासन गर्दथे ।
६. राजा बीरेन्द्रले सार्वभौम नेपालका कुरा सार्वभौम भारतका नेतासंगगर्दा भारतले मपाइत्व देखाएर दमन गराउने प्रयत्ननै तत्कालीन नेपालको समस्या थियो । भारतको गणतन्त्र दिवसमा भारतको मुख्य अतिथि भएका उनलाई एउटा फकाउने तरिकामात्र थियो । तर उनी वैदिक सनातनी धर्म अनुसार हिन्दुसम्राट भारतका जनताका पनि थिए । उनको विश्वभर भएको गौरवमय समर्थन, प्रभाव, असल काम कुराको कारण थियो । त्यस्को पनि भारतले यो काम गरेर प्रायश्चित गरेकको थियो ।
त्यसै गरेर गरीव राष्ट्रको प्रतिनिधि स्वरुप अध्यक्षको चयन हुनु र उनले गरेको सम्बोधन र कायक्रमबाट विश्वभर प्रसंसा हुनु उनको विशेष गुणस्तरको गौरवगाथा थियो । उनीपछि यो आजसम्म अस्ताएको छ, वैलाएकोछ, औपचारिक भएकोछ । नेपालमा कुनै पनि दलले नेपालको राज शानको गौरव बनाउनै सकेको छेन ।
त्यसे गरेर कसैले असम्लगन राष्ट्रमा नेपालले खेलेको गौरवमय भूमिका धेरैले पत्तो नै पाएका छैनन् । राज महेन्द्रको देहान्तहुँदा धेरै अफ्रिकन मुलुककले अविभावक गुमाएको भनेर आँसु बगाउनुले पुष्टि गर्दछ । त्यसले राजाजसतो राजाको झलक पनि दिन्छ ।
त्यस्तै सार्क संगठन बनाउाँदा र हुर्काउँदा राजा वीरेन्द्रले खेलेको भूमिका र त्यसमा नेपालको गौरव बढेको कुरा कोही गहन अनुसन्धालेमात्र बुझ्न सक्दछ । त्यहि नाताले नेपाल त्यसको अध्यक्षत तर त्यो भैसीको गोबरमा उम्रेको गुहेकीरजस्तै गोबरका गोला बनाएर यतायती गुडुल्किएकोछ । राजापछि नेपालले त्यो संगठन भारतको आशयमा बस उठमात्र गरेकोछ, नेपालको गौरव गाथा गुमाएकोछ । भारतले आँखा चिम्लेपछि नेपालले अध्यक्षता लिएर दुर्नाम र कुकृत्यजति नेपालले नै लिएकोमात्र छ । सार्कबिच गर्न पर्निे केही पनि काम भएनन् र नगर्न पर्नेकाम मात्र भएका छन् ।
७. नेकाँले, नेपालमा प्रजातन्त्र छैन, एक व्यक्तिको तानाशाह छ भनेर कु प्रचार गरेपछि राजनीति पद्धतिको चयन गर्न २०३६ सालमा अद्वितीय जनमतसंग्रहको घोषणा गरेका थिए, बीरेन्द्रले । उनले जनतालाई पहिलो प्राथमिकता दिन्थे । राजा ज्ञानेन्द्रले पनि राजगद्धी छोड्दा जनताको नासो जनतालाइनै बुझाएँ भनेकाले उनी शाहसस्कारका पक्षपाती भएको थप पुष्टि हुन्छ ।
(डा.पन्त जाँचबुझ केनद्रमा राजाबीरेन्द्रका बिशेष अधिकृत हुन्)



प्रतिक्रिया दिनुहोस्: