तपाईको जन्म सुखमय होस्, म तपाईको सुखमय जीवन तथा उज्वल भविष्यको कामना गर्दछु । जन्मदिनको अवसरमा, आज बुद्ध जयन्ती हो, यो प्रस्तुति पढौं- गौतम बुद्धको २५६८औं गौरवमय जन्म जयन्ती !
आजभन्दा २५६८ नौं बर्ष अगाडि बैशाख पूर्णिमाको दिन गौतम बुद्धको जन्म भएको थियो । गौतम बुद्धको जन्मथलो लुम्बिनी नेपालको मध्य दक्षिणको तराईमा पर्छ । उनी जन्मेको सातौं दिनमा आमा मायाँदेबीको मृत्यू भएपछि कान्छी आमा प्रजापती गौतमीले उनको लालनपालन गरेकी थिइन् । सोह्रबर्षको उमेरमा गौतमको बिवाह सुप्रबुद्धकी छोरी यशोधरासँग भयो र २८ बर्षको उमेरमा उनको छोरा राहुलको जन्म भयो । बैशाख पूर्णिमा गौतम बुद्धको जन्म हुनु, बैशाख पूर्णिमाका दिन मैं गौतम बुद्धले बोधिसत्व प्राप्त गर्नुु र त्यही बैशाख पूर्णिमाको दिनमा ८० बर्षको उमेरमा, भिक्षु आनन्द तथा अन्य भक्तजनहरुसँग वार्तालाभ गर्दागर्दै, कुशीनगरमा बुद्धको स्वर्गारोहण हुनुले ‘बैशाख पूर्णिमा’ गौतम बुद्धको लागि एक असाधारण दैवीक तीथिको रुपमा देखिन्छ ।
सिद्धार्थ गौतमले ३५ बर्षको उमेरमा बैराग्य भएर श्रीमती, छोरा, परिबार, दरबार, राजपाठ छोडेर ज्ञानको खोजीमा लाग्नु भयो । धेरैदिनको ज्ञानको खोजीपछि गौतम बुद्धले बोधिबृक्षमा तपस्या गरेर उनले बुद्धत्व प्राप्त गरे ।
सम्पूर्ण खराबीबाट मुक्त रहनु, मनलाई स्वस्त राख्नु, जे राम्रो लाग्छ त्यो गर्नु भन्ने विचारमा आधारित भएर सम्यक् दृष्टि, सम्यक् संकल्प, सम्यक् बचन, सम्यक् कर्म, सम्यक् जीव, सम्यक् व्यायाम, सम्यक् स्मृति, सम्यक समाधि आदि उपदेशहरु गौतम बुद्धमा सिद्धि वाँणिहरु हुन् । उपदेशहरुलाई ठीकसँग प्रयोग गर्न अभिप्रेरित गराउन गौतम बुद्धले आफ्रना भक्त बौद्ध भिक्षुहरुलाई संसारमा धर्म प्रचार गर्न धर्मदूत रुपमा पठाउने चलन चलाए । बुद्धले बताएका उपदेशहरुलाई लिखितरुपमा उतारिएको थिएन । बुद्धको शेषपछि उनका अनुयाईहरुले बौद्ध सम्मेलन गरेर त्यसपछि बौद्ध उपदेशको संग्रह गरे ।
पहिला, दोस्रो र तेस्रो पटक गरिएको सम्मेलनबाट तयार भएको ग्रथलाई ‘त्रिपिटक’ भनिन्छ । यही त्रिपिटकको आधारमा बुद्धधर्मको आधार ग्रन्थ तयार भयो । त्रिपिटकका तीनवटा नाम भए सुत्त पिटक, विनय पिटक, र अभिधम्म पिटक भए । बुद्धका उपदेशहरु ‘धम्मपद’ मा संग्रहीत छन् । धम्मपद बुद्धका उपदेशका प्रसिद्ध संग्रह मानिन्छ । सम्यक् व्यायाम अन्तगत विपश्यना ध्यान गौतम बुद्धद्वारा देशित चित्त विशोधन विधि हो । यसलाई बुद्ध योग भने पनि हुन्छ ।
गौतम बुद्ध बाँचिरहेको अवस्थामा बुद्ध धर्म बारे कुनै विवाद उठेको थिएन । बुद्धको अर्थ हो ज्ञान प्राप्त गरेको व्यक्ति हो । संसारिक दुःखबाट स्वतन्त्र बनेर गौतम बुद्धले बोधिसत्व प्राप्त गरिसकेपछि गौतम बुद्धको ज्ञानद्वारा प्रभावित भएका बौद्ध संघका मानिसहरुले आ–आफ्नै पाराले बुद्धका उपदेशहरुलाई अर्थ लगाउन थाले । यसलेगर्दा बौद्धधर्म अपरम्पार भगसागर जस्तो लाग्छ । समय परिस्थितिले बुद्धधर्म हीनयान, महायान आदिमा विभक्त भयो । त्रिपिटकमा उल्लेखित उपदेशहरुका अनुयाईहरु हीनयानी भए । हीनयानीहरुलाई थेरवादी बौद्ध मानिन्छ । थेरवादीहरु बुद्धधर्मले बोधीज्ञानलाई मुख्य आधार मान्ने गर्छन् ।
थेरवादीहरु बौद्ध बाहेक अरु धर्मसँग संवन्ध जोड्न चहाँदैनन् । हीनयान अर्थात थेरवादीहरुको पहिरन केही पहेंलो र कपाल मुडुलो हुनछ भने महायानवादीहरु केही कलेजी रङ्गको पहिरन प्रयोग गर्छन् । कपाल नकाट्ने, शाकाहारी, मान्साहारी, देवी देवताको समेत पूजाआरधाना गर्ने हुन्छन् । गुबाजुहरु महायानवादी हुन् । पहेलो वा रातो लुगा नगलाउने जातका नेपालीहरु पनि कतिपय बौद्ध धर्मका पालक छन् । बुद्धका उपदेशहरुसँग प्रभावित भिक्षु, भिक्षुणीहरु लगायत बुद्ध धर्म र संघलाई आत्मसाथ गरी ‘बुद्धं शरणं गच्छामि, धर्मं शरणं गच्छामि, संघं शरणं गच्छामि’ भन्छन् ।
बौद्ध धर्ममा सम्यक्को ठूलो महत्व छ । सम्यक्को अर्थ हो–राम्रो होस गरेर गर्ने कर्म हो । गौतम बुद्धले बताए अनुसार प्राणी हिंसा नगर्नु, नचार्नु, ब्रम्हचार्य पालन गर्नु, झूठो नबोल्नु, लागुपदार्थ सेवन नगर्नु, कुबेला भोजन नगर्नु, फूलमाला आदि सुगन्धित बस्तुहरु धारणा नगर्नु, उच्चासनमा बस्ने, सुत्ने नगर्नु, सुनचाँदी जस्ता मूल्यवान धातुको लोभ नगर्नु भन्ने उपदेशका अनुयायीहरु थेरवादी मानिन्छन् ।
श्रीलंका, थाइल्याण्ड। म्यानमार (बर्मा), कम्पुचीया, लाओस, भीयतनाम आदिमा रहेका भिक्षुहरु थेरवादी हुन् भने चीन, रुसमा रहेका बौद्धहरु महायानवादी हुन् ।
बौद्धहरुले तीर्थ तथा धामको रुपमा लुम्बिनी, बोधगया, सारनाथ, कुशिनगरलाई मान्छन् । बुद्धको जन्मथलोको रुपमा लुम्बिनी, तपस्या स्थलको रुपमा बोधगया, ज्ञान प्राप्तीपछि सर्वप्रथम भिक्षुहरुलाई उपदेश दिएको स्थलको रुपमा सारनाथ र देह त्याग गरेको स्थल कुशिनगर हुन् । यी पबित्र स्थल मानिन्छन् । गौतम बुद्धका पिता शुद्धधन हिन्दु संस्कारमा हुर्केका र गौतम बुद्ध पनि हिन्दु संस्कारमा परिचित भएकाले हीनयानहरु हिन्दु तथा बौद्ध बीचमा अन्तर संवन्ध कायम राख्न जोड दिन्छन् । हिन्द् र बौद्धहरुबीच अत्यन्त सौहार्दताकासाग धार्मिक सांस्कृतिक संवन्ध कायम छ । वैदिक हिन्दु तथा बौद्धहरुमा मन्त्र, तन्त्र र यन्त्र बीचमा गहिरो संवन्ध छ । लिच्छविकालमा नेपालका राजाहरुले बौद्धधर्मलाई ठूलो मान्यता गर्थे ।
लिच्छवि राजा जयदेवले पशुपति अभिलेखको वंशावलीमा बृषदेव राजालाई ‘बौद्धधर्मको पक्षपात गर्ने’ भन्दै प्रसन्सा गरिएको छ । मानदेव प्रथमका पालाको चावहीलको अभिलेखमा किन्नरी भन्ने आइमाईले बौद्धसँगका भक्तहरु र भगवान बुद्धको पूजाका लागि खेत दान गरेको कुरा बताइएको छ । राजा शिवदेव प्रथमले आफ्नो नाउँमा शिवदेव बिहार राखेका र अंशुवर्माको समयमा दक्षिणकालीको भेकतिर भिक्षुहरुको उपयोगको लागि धारो बनाएका बयान अभिलेखमा पाइन्छ ।
लिच्छविकालमा नैं तिब्बतसँग बौद्ध धर्मकै कारणले सांस्कृतिक संवन्ध बढाएको थियो । तिब्बत त महायानी बौद्धहरुको आराधना केन्द्र नैं बनेको छ तर चीनको बेइजीङमा पनि नेपालका अरनिकोले निर्माण गरेको बौद्ध चैत्य क्षेत्र, लामा टेम्पल क्षेत्रमा भिक्षुहरु यन्त्रतन्त्र देखिन्छन् । ‘ओम पद्ये हुँं’ मन्त्र चौतर्फी रिकडिङ्गबाट पनि गुञ्जयमान गराइन्छ । चैत्र र २०७१ सालको बैशाख महीनामा आफूले चीनको भ्रमण गरेर चीनमा बौद्धधर्मप्रतिको आस्था बढेको देख्न पाइयो । यसरी बौद्ध धर्मले अन्तराष्टिय« जगतमा प्रभाव बढ्न लागेको थियो ।
मल्ल राजाहरु हिन्दु तथा बौद्ध दुबै धर्मलाई आफ्नो मात्रृधर्म जस्तो मान्यता गर्थे । पृथ्वीनारायण शाहले राष्ट्रिय एकीकरणपछि काठमाण्डौं उपत्यका लगायत नेपालमा अवस्थित गुम्बा, विहारहरुको संरक्षण गर्ने निित लिएका थिए । राजा महेन्द्रले २०१३ सालको लुम्बिनी भ्रमणपछि बुद्धको जन्मथलो लुम्बिनीमा काटमार नगर्ने निर्देशन दिएर यसलाई अनिवार्य बनाए । बुद्धका उपदेश, ब्याख्या र बौद्धधर्मका सिद्धान्त अहिलेको संसारमा यति ब्यापक भएको छ कि अनेकोै किसिमले पनि बुद्धको सम्मान गर्न सकिन्छ ।
नेपालका बज्रयानी बौद्धहरु देवी देवताको पुजा गर्छन् र दशैमा पनि पूजाआजा गरी चाड मनाउँछन् । बौद्धहरु बुद्धको मूर्ति राख्ने, बुद्धलाई सम्मान गर्ने भएता पनि बौद्धहरु मूर्ति पूजक होइनन् । शान्ति र एकाग्रताको लागि बुद्ध मूर्ति खडा गर्नुको मत्लव हो ।
बौद्धहरु दुई प्रकारका छन् । पौराणिक बुद्ध र शाक्यमुनीका उपदेश अनुशरण गर्ने बुद्ध । गौतम बुद्ध भन्दा अगाडि नैं पिपश्वी बुद्ध, शिखी, विश्वभू, क्रकुच्छन्द बुद्ध, कङ्कमुनी र काश्यप बुद्धको अवतारको विषयमा स्वयम्भू पुराणमा उल्लेख छ कि काठमाण्डौ. उपत्यकामा पानीले भरिएको अवस्थामा यी बुद्धहरुको आगमन भएको थियो । विपश्वी बुद्धले एक कमलको बीज स्वयम्भूमा रोपे । स्वयम्भू ज्योतिमा प्रकट हुन लागेपछि मञ्जुश्रीको नेपालमा आगमन भयो । स्वयम्भूमा शाक्यमुनी बुद्धहरु पनि पूजा गर्छन् । भनिएको पनि छ–‘बोधिसत्य महासत्य, स्ययम्भू चैत्य नमाम्यहं ।’
काठमाण्डौं ओरिपरि आठवटा शिवलिङ्ग छन् । यी शिवलिङ्गहरुलाइृ यहाँका बौद्धहरुले अष्ट बैतराग अर्थात रागसहित अष्ट बोधिसत्वका रुपमा मान्छन् । शैवहरु शिवका रुपमा मान्छन्, बौद्धहरु अष्ट बोधिसत्वका रुपमा अर्चना गर्छन् । चौसठ्ठी शिवलिङ्ग मध्ये दुम्जामा कुशेश्वर महादेव छन्, जुन काडमाण्डौंका बौद्धमार्गी शाक्य–बज्र्राचार्यहरुका कुलदेवता हुन् । हरेकबर्ष कार्तिक शुक्ल अष्टमीको दिनलाई नेवारी भाषामा मुखाअष्टमी भनिन्छ । त्यसदिन भगवान पशुपतिलाई बौद्धाअवतारका रुपमा भगवान बुद्धको पञ्च बुद्ध मुकुट पहि¥याएर पुजागर्ने चलन छ ।’
बौद्ध धर्ममा सम्यक पूजा मनाउन उक्त पूजामा राजाको संलग्नता गराइन्छ । सम्यक पूजामा हजारौं भक्तजनहरुको भेलामा भोज समेतको व्यवस्था गरिन्छ । भगवान बुद्धलाई बिष्णुको अवतारको रुपमा मानिन्छ । यसरी बौद्धहरु पशुपतिनाथलाई घोलाङवाकछयूक भनेर मान्छन्, गुहेश्वरीलाई फामाडोलछयूक भन्छन् ।
शाक्यमुनी बुद्धले कुशीनगरको साल बनमा भिक्षु आनन्दसँगको अपशोचपूर्ण जिज्ञाशाको जवाफमा भनेको कुरा पनि यहाँ चिन्तनीय छ । बुद्धले त्यसबेला भनेका थिए– ‘म आठबर्षपछि विमल सरोवरको पद्य बिक्षमा अद्भूत र श्रेष्ठ बुद्ध बनेर जन्म लिने छु’ भनेर संझाएको थियो । बुद्धले भनेझैं आठबर्षको बालकको रुपमा गुरु पद्यसम्भवको जन्म भएको भनिन्छ । गुरु पद्य संभवले तिब्बत, चीन, मंगोलीया लगायत धेरै देशहरुमा बैद्धधर्म प्रचार गरे । ॐ मणि पद्ये हुँ यसैको रुप हो । बौद्धका विहारहरुका मानेहरुमा र बौद्ध झण्डाहरुमा यही मंत्रलाई विभिन्न भाषाहरुमा उल्लेख गरेर झण्डा स्वरुप फहराएको हुन्छ ।
किरातकालमा गौतमबुद्ध जन्मिएको ठाउँ पत्ता लगाएर एसाभन्दा ३०० बर्ष अगाडि भारतबर्षबाट राजा अशोक नेपाल आएर–‘यहाँ भगवान जन्मिएका थिए’ भनेर ठूलो ढुङ्गाको स्तम्भ खडा गरेको कुरा लुम्बिनीको अशोक स्तम्भले बताउँछ । मगधका राजा अशोकले उसबेला बंगालको खाडीको नजिकै रहेको कलिंग राज्यमा हमला गरका थिऐ । युद्धमा रगतको खोलो बग्यो । त्यो विभत्सता देखेर राजा अशोक भरङ्गिएर सन्यास लिने अठोटगर्दै भगवान बुद्धको जन्मभूमि लुम्बिनीमा आई बुद्धधर्म ग्रहण गरी लुम्बिनीमा स्तम्भ खडा गरेका थिए ।
किरातकालमा राजा स्थुङ्कोको लुम्बिनीमा भ्रमण हुँदा उनले आफ्रनो राज्यको भूभाग माथि आक्रमण भएको ठानेर अशोक स्तम्भ ढालेका थिए । त्यसबेलादेखि धेरैबर्षसम्म सुशुप्त अवस्थामा रहेको लुम्बिनीको अशोक स्तम्भलाई सन् १९९५मा जर्मनका पुरातत्वविद डा. फयूूरर, भारतका डा. पी.सी. मुकर्जी र पाल्पाका बडाहाकिम खड्ग शम्सेरको प्रयासबाट उत्खनन् गरी ठडायाएको थियो । अशोकका प्रभावले भारतमा हजारौं मानिसहरु भिक्षु भिक्षणी बने । गौतम बुद्ध माथि बौद्ध भिक्षु, भिक्षणी वा महायानवादी बौद्ध वा ग्रहस्त आश्रमीहरु जस्ले बुद्ध माथि श्रद्धा राख्छ उसले बुद्धका केही न केही उपदेश पालन गर्न सक्नुपर्छ । बुद्धले पनि भनेका छन्–‘आफ्रनो हित हुने कुरा आफै निर्णय गर ।’ त्यसैले हामीले यस अवसरमा बुद्धको उपदेश– ‘अनैतिक र असंयमी भएर सयबर्ष बाँच्नु भन्दा सदाचारी र ध्यानी बनेर एक दिन जीउनु जाती छ’ भन्ने ज्ञानलाई आत्मसाथ गरौं ।



प्रतिक्रिया दिनुहोस्: