काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. १६ को वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रोजिना श्रेष्ठ विजयी भएकी छन् ।
स्थानीय तहमा रास्वपाको पहिलो जीत हो । यसअघिका स्थानीय तह निर्वाचनमा रास्वपा सहभागी भएको थिएन ।
रास्वपाकी रोजिना श्रेष्ठले २९०२ मत ल्याएर निर्वाचित भएकी छिन् भने एमालेका लक्ष्मीरत्न तुलाधरले २२२० मत पाएर दोस्रो भएका छन् । कांग्रेसका देवेन्द्र पाठकले २२१४ मत ल्याएर तेस्रो स्थानमा धकेलिएका छन् । यस्तै एकीकृत समाजवादीका मीनबहादुर मानन्धरले १०९२ मत पाउँदा राप्रपाका श्यामकृष्ण श्रेष्ठले ७४२ मत पाए भने स्वतन्त्र उम्मेदवार देवेन्द्रकुमार श्रेष्ठले ४९८ र अर्का स्वतन्त्र सम शाक्यले ३३४ मत पाएका छन् ।
२०७९ को निर्वाचनमा कांग्रेसले जितेका थिए।यो वडाबाट कांग्रेसका पूर्वउपसभापति समेत रहेका उपप्रधानमन्त्री प्रकाशमान सिंहले पनि मतदात गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्: