काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको प्रेस तथा अनुसन्धान विज्ञमा खोज पत्रकार, लेखक एवं लेक्चरर दिपा दाहाल नियुक्त भएकी छन् ।
प्रधानमन्त्रीको सल्लाहाकार र सचिवालय व्यवस्थापन कार्यविधि, २०७४ बमोजिम उक्त पदमा पत्रकार दाहाल शुक्रबार नियुक्त भएकी हुन् ।
२ दशकभन्दा लामो समयदेखि पत्रकारिता र प्राज्ञिक क्षेत्रमा सक्रिय दाहालले शुक्रबारदेखि कार्यभार सम्हालेकी छन् । दाहालसँग रेडियो, टेलिभिजन, छापा र अनलाइन विधामा २० वर्षभन्दा बढिको व्यवसायीक पत्रकारिताको अनुभव छ ।
उनले पछिल्लो समय उकालो डटकममा वरिष्ठ संवाददाताको रूपमा खोज पत्रकारिता गर्दै आएकी थिइन् । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको पद्यमकन्या बहुमुखी क्याम्पसमा विगत सात वर्षदेखि पत्रकारिता अध्यापन गराउँदै आएकी दाहालले पत्रकारिता,सञ्चार सिप र मौलिक नेतृत्व(अथेन्टिक लिडरसिप) नेतृत्वको प्रशिक्षक समेत हुन् ।



प्रतिक्रिया दिनुहोस्: