राजनीति
१८ चैत, काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेतामा पार्टी उपाध्यक्ष रामबहादुर थापा (बादल) निर्विरोध निर्वाचित भएका छन्।
बुधबार नेकपा एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको संसदीय दलको बैठकमा अर्का प्रत्यासी सुहाङ नेम्वाङले अन्तिम समयमा मनोनयन दर्ता गर्ने बेला उनले समर्थक र प्रस्तावक नपाएकोमा आफ्नो उम्मेदवारी फिर्ता लिएपछि थापा सर्वसम्मत रूपमा दलको नेता चयन भएका हुन्।
निर्विरोध निर्वाचित भएका बादललाई सुहाङले खादा ओढाएर बधाई समेत दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्: