राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाहले यही चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने भएका छन् ।
रास्वपाका सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह तथा उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेबिच बिहीबारको छलफलले प्रधानमन्त्रीमा शाहले शपथ लिने मिति तय गरिएको हो । 
रास्वपा उपसभापति स्वर्णिम वाग्लेका अनुसार १३ गते प्रधानमन्त्रीको शपथ ग्रहण हुने भएको हो।
आगामी चैत १३ गते प्रधानमन्त्रीको शपथ ग्रहण हुने उनले संक्षीप्त प्रतिक्रिया दिएका छन्। संघीय संसद सचिवालयले चैत १२ गते २ बजे सांसदहरूको शपथ ग्रहण कार्यक्रम राखेको छ। त्यसलगत्तै सरकार गठन हुने बताइएको छ।



प्रतिक्रिया दिनुहोस्: