चितवन ३ मा रेनु दाहाललाई पराजित गर्दै सोविता गौतम निर्वाचित

२०८२ फाल्गुन २३

चितवन । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार सोविता गौतम निर्वाचित भएकी छन्।

गौतम नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की उम्मेदवार रेनु दाहाललाई पराजित गर्दै अत्यधिक मतसहित निर्वाचित भएकी हुन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार गौतमले ५९ हजार २ सय ७७ मत ल्याएकी छिन् भने दाहालले २० हजार ६ सय १५ मत ल्याइन्। गौतम र दाहाल बीचको मतान्तर ३८ हजार ६ सय ६२ छ।

 

प्रतिक्रिया दिनुहोस्: