नेपाल-भारत सिमा नाका बन्द हुने

२०८२ फाल्गुन १४

वीरगञ्ज । ICP वीरगञ्जमा बारा र पर्साका प्रमुख जिल्ला अधिकारी लगायत तत् तत् जिल्लाका सुरक्षा निकायका प्रमुखहरु तथा भारतीय समकक्षी पुर्वी चम्पारण र पश्चिम चम्पारणका डिस्ट्रीक मेजिस्ट्रेट (DM) र तत् तत् जिल्लाका सुरक्षा निकायका प्रमुखहरुबीच नेपालमा आसन्न प्रतिनिधि सभा निर्वाचनका सन्दर्भमा अत्यन्त सौहाद्रपूर्ण वातावरणमा बैठक तथा छलफल सम्पन्न भएको छ

उक्त बैठकमा मुख्य रुपमा देहाय बमोजिमका निर्णयहरु भएको छ ।
१) दुबै पक्षबाट शिघ्र प्रभावकारी चेक जाँच शुरु गर्ने ।
२) निर्वाचनको ७२ घण्टा अगाडीदेखिनै दुवै तर्फका सीमा नाकाहरु बन्द गर्ने ।
३) निर्वाचन हुनु १ हप्ता अगाडीदेखिनै सीमा सुरक्षालाई मजबुत बनाउने ।
४) अवैध हातहतियार, अवैध मुद्रा, मानव बेचबिखन तथा अवैध व्यापारलाई संयुक्तरूपमा निरुत्साहित गर्ने ।
५) अवैध मदिरा, नशालु औषधि, विष्फोटक पदार्थ तथा अन्य अवैधानिक बस्तुहरुको ओसारपसारमा नियन्त्रण गर्ने लगायतका विषयमा छलफल भएको बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले राष्ट्र मार्ग खबर लाई बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्: