समाज
काठमाडौं । सरकारले फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै तीन दिन सार्वजनिक बिदा दिएको छ।
सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोगको सिफारिस अनुसार प्रतिनिधिसभा निर्वाचनका लागि फागुन २०,२१ र २२ गते सम्म सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
यसअघि निर्वाचन आयोगले पनि प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको थियो।



प्रतिक्रिया दिनुहोस्: