११ फागुन वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय,पर्साले वीरगञ्ज महानगरपालिकाभित्र कर्फ्यु आदेश जारी गरेको छ । आज बिहान पौने १० बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु लगाइएको हो ।
प्रशासनका अनुसार कर्फ्यु अवधिभर सो क्षेत्रभित्र आवतजावत्, भेला, जुलुस, प्रदर्शनलगायतका क्रियाकलाप गर्न पाइने छैन । ‘पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रका देहायका चार किल्ला तोकी सो सीमानाभित्र कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यु आदेश जारी गरिएको छ’,सूचनामा उल्लेख छ ।
पूर्वमा बाइपास रोड,पश्चिममा सिर्सिया नदी,उत्तरमा गण्डक चोक, दक्षिणमा शंकराचार्य गेटसम्म कर्फ्यु लगाइएको प्रशासनले जनाएको छ ।
कर्फ्यु अवधिभर अत्यावश्यक सवारी साधन, एम्बुलेन्स, दमकललगायतको सञ्चालनमा सुरक्षाकर्मीले सहजीकरण गर्ने प्रशासनले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्: