राजनीति
१० फागुन, काठमाडौं । निर्वाचन आयोगले फागुन २१ को चुनावलाई लक्षित गर्दै ३ दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ ।
आयोगका कार्यवहाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार निर्वाचनमा सबै मतदाताको उत्साहजनक सहभागिताका लागि फागुन २०, २१ र २२ गते गरि तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरिएको हो ।
यदि आयोगको सिफारिस अनुसार सरकारले बिदा स्वीकृत गरेमा लगातार ७ दिन सार्वजनिक बिदा हुने छ । फागुन १८ र १९ गते दुई दिन होली पर्व, २० देखि २१ निर्वाचन तथा २३ र २४ गते क्रमश: शनिबार र आइतबार अन्तर्राष्ट्रिय नारी दिवस समेत पर्ने भएकाले लगातार एक हप्ता बिदा हुने भएको हो।



प्रतिक्रिया दिनुहोस्: