रौतहटमा कर्फ्यू आदेश जारी

२०८२ फाल्गुन ९

गौर । रौतहटको गौरमा दुई समुदायबीचको झडप हुँदा जिल्ला प्रशासन कार्यालयले स्थिति नियन्त्रणमा लिनका लागि कर्फ्यू आदेश जारी गरेको छ ।

रौतहटको गौर नगरपालिका वडा नं ६ सपगडा टोलमा विवाहको बाजा बजाउदै गइरहेका जन्तीमाथि फरक समूदायले अवरोध खडा गरेपछि भएको विवादले उग्र रुप लिदा प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्: