एमालेको चुनावी घोषणापत्र सार्वजनिक: ‘समृद्ध नेपाल, सुखी नेपालीः राष्ट्रिय आकांक्षा हाम्रो गन्तव्य’

२०८२ फाल्गुन ७

काठमाडौं । नेकपा एमालेले आगामी आसन्न निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ ।

नेकपा एमालेले समृद्ध नेपाल, सुखी नेपाली-राष्ट्रिय आकांक्षा हाम्रो गन्तव्य मूल नारासहितको चूनावी घोषणापत्र सार्वजनिक गरेको छ।

बिहीबार काठमाडौंको एक होटलमा आयोजित कार्यक्रममा एमालेले भर्चुअल माध्यमबाट घोषणापत्र सार्वजनिक गरेको हो।आयोजित एक कार्यक्रमकाबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले डिजिटल स्वरुपमा पार्टीको घोषणा पत्र सार्वजनिक गरेका हुन्।

घोषणापत्रमा एमालेले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वतन्त्रता एवं राष्ट्रिय हितको रक्षा र सम्बद्र्धनका बिषयमा कुनै प्रकारको कमिकमजोरी हुन नदिने घोषणा गरेको छ।

अशान्ति, असुरक्षा र अव्यवस्थाका स्रोत र स्वरुपहरुको अन्त्य गरि नेपाली समाजलाई सवै प्रकारका भयबाट मुक्त गर्ने एमालेको घोषणापत्रमा उल्लेख छ। एमालेले सिंगो स्वाधीन नेपाल र सम्पूर्ण नेपालीलाई समृद्धि र सम्मुनतिको गन्तव्यसम्म पुराएरै छाड्ने संकल्प गरेको छ।

घोषणा पत्र सार्वजनिक कार्यक्रममा एमाले अध्यक्ष ओलीले देशलाई समृद्ध बनाउने र जनतालाई सुखी बनाउने बाटोमा सबैभन्दा ठूलो तगारो राजनीतिक अस्थिरता भएकाले अस्थिरताको अन्त्य गर्दै मुलुकलाई अघि बढाइने बताए। उनले जस्तोसुकै कठिनाइ आए पनि लोकतन्त्रका आधारभूत मूल्य र मान्यतामा सम्झौता हुन नदिने स्पष्ट पारे।

ओलीले भदौ २४ गतेको महाविनाश अप्रत्यासित घटना नभएको उल्लेख गर्दै राष्ट्रको सार्वभौमसत्ता र अस्तित्वमाथिको योजनाबद्ध आक्रमणमा संलग्नलाई चिन्न ढिलाई गर्न नहुने बताए।

एमाले सुशासन, विकास, समृद्धि, समानताको संकल्प स्पष्ट रहेको उनको भनाइ छ। अध्यक्ष ओलीले निर्वाचनपछि बन्ने सरकारको पहिलो मन्त्रीपरिषद् बैठकबाटै निर्णय गरेर समयसीमा तोकी तत्काल गर्ने ११ काम अघि बढाउने प्रतिद्धवता जनाए। आसन्न निर्वाचन पुस्तान्तरको नभइ, देश बनाउने र भत्काउने बीचको जनमत संग्रह भएको उनले बताए।

 

प्रतिक्रिया दिनुहोस्: