७ फागुन वीरगंज । उज्यालो नेपाल पार्टीका तर्फबाट पर्सा–१ का प्रतिनिधि सभा उम्मेदवार रामकिशोर सिंह (पराग)ले वीरगंज महानगरपालिका वडा नं. १६ इनरुवा गाउँमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।
कार्यक्रममा सिंहले स्थानीयवासी र युवासँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूको गुनासा, सुझाव सुने। उनले शिक्षा, स्वास्थ्य र रोजगारीलाई मुख्य प्राथमिकता बनाउने प्रतिबद्धता व्यक्त गरे। रोजगारी अभावका कारण केही युवा लागुऔषधको चपेटामा परेको विषयलाई गम्भीर रूपमा लिएर, स्थानीय कलकारखानामा योग्य व्यक्तिलाई रोजगारी दिने योजना उल्लेख गरे।
सिंहले वीरगंज–२० मा निर्वाचित हुँदा हासिल गरेको अनुभवलाई संघीय संसदसम्म पुर्याएर क्षेत्रको समग्र विकासका लागि पहल गर्ने बताएका छन्। स्थानीयवासीहरूले उज्यालो नेपाल पार्टीलाई नयाँ आशाको प्रतीकको रूपमा स्वीकार्दै उम्मेदवार सिंहप्रति समर्थन र विश्वास व्यक्त गरेका छन्।






प्रतिक्रिया दिनुहोस्: