काठमाडौ । नेपाली सेनाले आफ्नो स्थापनाको २६३औँ वार्षिकोत्सवका अवसरमा बुधवार मुलुकभर सेना दिवस मनाएको छ । शिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाले सैनिक मञ्चमा भव्य रूपमा सेना दिवस मनाएको हो ।
नेपाली सेनाका परमाधिपति समेत रहेका राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा सेनाले परेड तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रममा महाशिवरात्रि बढाइँ तथा आकर्षक मार्च पास्ट प्रस्तुत गरिएको थियो। त्यसैगरी नेपाली सेनाका हातहतियार तथा आधुनिक उपकरणहरूको प्रदर्शनी, विविध सैनिक कला तथा सांगीतिक झाँकीहरू समेत प्रदर्शन गरिएका थिए। कार्यक्रममा मित्रराष्ट्र भारत, बेलायत र अमेरिकाका सेनाका ब्यान्डहरूको विशेष प्रस्तुति पनि समावेश गरिएको थियो, जसले समारोहलाई थप आकर्षक बनाएको थियो। कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की लगायतको उपस्थित रहेको छ ।
नेपाली सेनाले हरेक वर्ष महाशिवरात्रिको अवसर पारेर आफ्नो स्थापना दिवस मनाउँदै आएको छ। राष्ट्र निर्माता पृथ्वीनारायण शाहले नेपाल एकीकरणको अभियानका क्रममा विसं १८१९ मा नेपाली सेनाको गठन गरेको ऐतिहासिक अभिलेख छ।







प्रतिक्रिया दिनुहोस्: