२फागुन,काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाका सबै तहका कर्मचारीलाई आसन्न निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउन निर्देशन दिएका छन्।
शनिबार जंगी अड्डामा महाशिवरात्रि र २६३ औँ सेना दिवसको अवसरमा आयोजित विशेष कार्यक्रममा प्रधानसेनापति सिग्देलले नेपाली सेनालाई शुभकामनासँगै निर्वाचनसम्बन्धी निर्देशन दिएका हुन्।
जंगी अड्डाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, सिग्देलले नेपालको गौरवका गाथा, परम्परा र संस्कृति चिन्न, त्यसको सम्मान गर्न र इतिहासका पाठबाट सिक्न सैनिक कर्मचारीलाई निर्देशन दिएका छन्।
निर्देशनालयद्वारा जारी प्रेस नोटमा भनिएको छ, “सबै सैनिक तालिमहरूमा नेपाल र नेपालीको इतिहास अध्ययन अध्यापन गराउन निर्देशन दिनुभयो। साथै, नेपाली सेनाले विभिन्न क्षेत्रहरूमा निर्वाह गर्दै आइरहेको जिम्मेवारीहरू उत्कृष्ट ढंगले पुरा गर्ने क्रममा आसन्न निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउनसमेत विशेष निर्देशन दिनुभयो।”



प्रतिक्रिया दिनुहोस्: