भाईको सुझाव दिदीलाई (सन्दर्भ प्रणय दिवस)

२०८२ फाल्गुन २

कविता – भाइको सुझाव दिदीलाई 

दिदी सुन्दैछु आज खै प्रेम दिवस अरे

कुन देशबाट सापटि लिएको दिवस हो !

नेपालमा पनि प्रेम दिवस

मनाइरहेको देखिरहेछु ,💖💖💖💖

प्रेम भनेको ब्रह्माण्डमा भएका

सबै बस्तुलाई हृदयको मजेरिमा राखेर

दया माया को महासागर भित्र अपनत्त्वको

भावना देखाइ सुन्दर सुरक्षित र

अमुर्त को पिरामिड माथी उभ्याइरहनु हो ,

भने अर्को तिर !

युवा युवतीको जवानी चक्करमा

प्रेमका रापहरु अत्याधिक रापिलो र

रोक्नै नसकिने सुनामी झैँ कुनै

प्रवाह नगरी देखा पर्छ अरे

भन्ने सुनेको थिएँ दिदी

मलाई त था छैन प्रेम

कुन चरिको नाम हो !!,

तर / दिदी तपाईंत

जवानिको बगैंचा भित्र फुलेको

सबै भन्दा उत्कृष्ट र सुन्दर फुल झैँ

आकर्षक राम्री र रहर लाग्दो देखिनु हुन्छ

दिदी तपाईंको कलकलाउँदो

जवानीको शिकार खेल्न र

फूलदानिमा भरिएको रस सरि

कसिलो र रसिलो शरीरको रस चुस्न

बैंसले मातिएकाहरु

यौन तृष्णाले आत्तिएकाहरु

कलुसित नजर माथी

सेतो चस्मा लगाएर भुन्भुनाउदै

मानव रुपि भमराहरु

प्रेम दिवस को मौका छोपी

दिदी तपाईंलाई

प्रेम प्रस्तावका अनगिन्ती चाङहरु

लिएर आउन सक्छन् ,

होसियार दिदी ………!

पठाका हुन सक्छन् प्रेम प्रस्ताव

कसैले फूलको पत्र भित्र

कसैले नयाँ बस्त्र भित्र

कसैले बोलिका खोट भित्र

कसैले पैसाको नोट भित्र

कसैले रित्तो बन्धी पार्सल भित्र

कसैले चिठीका खाम भित्र

कसैले हिराका हार भित्र ,

दिदी ती प्रलोभनको प्रस्तावमा फँसेर

आफ्नो नारित्वलाई बिक्रीको बजारमा लगेर

नबेच्नु होस् ,

सशक्त र साहासी नारी बनेर

विकृति र विसंगतिको चिरफार गर्दै

उठाउनोस् अरु दिदीबहिनीहरु

अनि/

बचाउँनोस् सयौं निर्मला र भागिरथिहरुलाई

दिदी तपाईंको प्रेम प्रस्तावले पनि

जेलको चिसो खोर भित्र

बस्नुनपरोस कुनै पुरुषहरूले

नबनोस् कसैको घरबार विचलित ,

हो दिदी तपाईंको कारणले

होनहार नेपाली दाजुभाइ

कतै बिलासिनु नपरोस् ,

दिदी प्रेम तेस्तो होस् 💖💖💖💖

बिना सर्त र बिना स्वार्थ भित्रको

आत्मियता बाट जन्मिएको

माया ममता र दयालु भावनामा मुछिएको

पुजाको पञ्चाम्रीत जसरी

जहाँ बृद्ध ,बालक युवा

सबै ठाउँमा सिञ्चित हुन सक्ने

एक रुपताको बन्न सकोस् ,

हो दिदी प्रेम वा माया

छ महिनाको बालकले

खेलाउने गुडिया नबनोस् ।

प्रतिमा पोख्रेल ( नयाँ सृष्टि )

अरुण -५,   भोजपुर

प्रतिक्रिया दिनुहोस्: