पर्सा २ रास्वपाका उम्मेदवार सुशिल साह कानुको घर दैलो कार्यक्रम निरन्तरता

२०८२ फाल्गुन १

वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पर्सागढी नगरपालिका वडा नम्बर ५ झिंगना टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुशील कुमार कानु को घरदैलो कार्यक्रम निरन्तरतासहित सम्पन्न भएको छ।

प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सञ्चालन गरिएको उक्त कार्यक्रममा बुद्धिजीवी, ज्येष्ठ नागरिक, युवा, महिला तथा कृषक सहित स्थानीयवासीको ठूलो संख्यामा सहभागिता र उत्साहजनक समर्थन देखिएको हो।

घरदैलोका क्रममा स्थानीयवासीले पर्सा–२ मा अगामी निर्वाचनले समाजमा सकारात्मक परिवर्तन ल्याउने आशा जागेको प्रतिक्रिया दिएका छन्। स्थानीय बुद्धिजीवी, ज्येष्ठ नागरिक, युवा, महिला तथा कृषकहरूले “यसपालिको मत परिवर्तनका लागि” भन्ने नारासहित उम्मेदवार कानुलाई समर्थन जनाएका छन्।

उम्मेदवार कानुले स्थानीयसँग प्रत्यक्ष संवाद गर्दै क्षेत्रका प्राथमिक समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले पचरुखि टोलसहित पर्सागढी क्षेत्रमा अस्पताल तथा स्वास्थ्य सेवा व्यवस्थापन सुधार, खेलकुद पूर्वाधार विकास, कृषकहरूलाई समयमै मल र सिंचाइका लागि पानी उपलब्ध गराउने विषयलाई प्राथमिकतामा राखेर पहल गरिने बताए।

त्यसैगरी बेरोजगार युवाहरूलाई स्थानीय स्तरमै पशुपालनसम्बन्धी प्राविधिक सीप तालिम प्रदान गरी रोजगारीको अवसर सिर्जना गरिने योजना अघि सार्दै उनले निर्वाचित भएसँगै यी आधारभूत समस्याहरू चरणबद्ध रूपमा समाधान गरिने प्रतिबद्धता जनाए।

 

प्रतिक्रिया दिनुहोस्: