१ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले आगामी निर्वाचनका लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ ।
जनता समाजवादी पार्टी नेपालले फागुन २१ को चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गरेर जसपाले घोषणापत्र सार्वजनिक गरेको हो । जसपाले आफ्नो घोषणापत्रमा हालको संविधानले निकास नदिने भन्दै उच्चस्तरीय संविधान पुनरावलोकन आयोग गठन गर्नुपर्ने बताएको छ ।
‘राजनीतिक लोकतन्त्र, आर्थिक लोकतन्त्र, सामाजिक लोकतन्त्र, समावेशी लोकतन्त्र तथा साँस्कृतिक लोकतन्त्रलाई संस्थागत गर्ने लगायतका विषयहरूमा संविधान विज्ञहरू सम्मिलित उच्चस्तरीय संविधान पुनरावलोकन आयोग गठन गरी उक्त आयोगको सुझावको आधारमा संविधान संशोधन/परिमार्जन तथा पुनर्लेखन गर्नुपर्ने आवश्यकता रहेको स्पष्ट धारणा जसपा, नेपालको रहेको छ,’ घोषणापत्रमा भनिएको छ ।
शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष उपेन्द्र यादवले घोषणा पत्र सार्वजनिक गरेका हुन्।



प्रतिक्रिया दिनुहोस्: