ग्यासको अनावश्यक भण्डारण नगर्न आयल निगमको आग्रह

२०८२ माघ २७

काठमाडौं। नेपाल आयल निगमले खाना पकाउने ग्यासको आयात तथा विक्रीवितरण नियमित भइरहेकाले अनावश्यक भण्डारण नगर्न आग्रह गरेको छ।

खाना पकाउने एलपी ग्यासको आयात तथा बिक्री वितरण नियमित भइरहेको हुँदा आम उपभोक्तालाई तत्काल आवश्यक मात्रामा ग्यासको खरिद गर्न एवं ग्यासको अनावश्यक भण्डारण नगर्न निगमले आग्रह गरेकाे हाे ।

आसन्न आमनिर्वाचनलाई मध्यनजर गर्दै ग्यासको बढीभन्दा बढी आयात गर्न फ्रेबुअरी महिनाको निर्धारित कोटामा दुई हजार मेट्रिक टन थप गरिएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए। हाल दैनिक औसत ११० बुलेट ग्यास नियमित रूपमा आयात भइरहेको उनले बताए।

काठमाडौं उपत्यकामा बजारीकरण गर्ने करिब २३ मध्ये केही ग्यास उद्योगले दैनिक करिब ४० हजार सिलिण्डर बजारमा उपलब्ध गराइरहेका निगमले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्: