पर्सा, २२ माघ । पर्सा जिल्ला निर्वाचन क्षेत्र नं. २ अन्तर्गत बहुदरमाई नगरपालिका वडा नं. २ धायनसिंह पिपरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार युवा नेता शुशिल साह कानुको घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमका क्रममा उम्मेदवार कानुले स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै आफ्नो राजनीतिक एजेन्डा र विकास योजनाबारे जानकारी गराएका थिए।
घरदैलोका क्रममा उनले सुशासन, पारदर्शिता, भ्रष्टाचार नियन्त्रण, युवा रोजगारी सिर्जना, शिक्षा–स्वास्थ्य सुधार तथा स्थानीय पूर्वाधार विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे। साथै युवाको क्षमता विकास, महिला सशक्तीकरण तथा स्थानीय स्रोत–साधनको सदुपयोगमार्फत क्षेत्रको समृद्धि सम्भव हुने धारणा राखेका थिए।
कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता, युवा तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागी मतदाताहरूले सडक, रोजगारी, कृषि विकास र सार्वजनिक सेवा सुधारसम्बन्धी आफ्ना समस्या तथा सुझाव उम्मेदवारसमक्ष राखेका थिए।
रास्वपा उम्मेदवार कानुले जनताको अपेक्षा अनुसार नीति तथा कार्यक्रम अघि बढाउने प्रतिबद्धता जनाउँदै आगामी निर्वाचनमा समर्थन र सहयोगको अपिल गरेका छन्।



प्रतिक्रिया दिनुहोस्: