झापा ५ मा रास्वपाको सम्पर्क कार्यालय तोडफोड

२०८२ माघ २३

दमक । झापा ५ मा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सम्पर्क कार्यालयमा तोडफोड भएको छ । यहाँबाट रास्वपा बरिष्ठ नेता बालेन्द्र शाह उम्मेदवार छन् । पार्टीले उनलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेको छ ।

जिल्लाको कमल गाउँपालिका-२ स्थित पार्टीको सम्पर्क कार्यालयमा तोडफोड गरिएको छ। तोडफोडबाट सम्पर्क कार्यालयको सिसा फुटेको छ। अन्य भौतिक क्षति भने नभएको पार्टीका एक नेताले बताएका छन्।

तोड्फोड कसले र किन गरेको हो भन्ने स्पष्ट छैन । पार्टीले यस विषयमा प्रहरीमा जानकारी गराएको छ । तोडफोडमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: