राजनीति
वीरगंज, २१ माघ । पर्सा–२ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार सुशील साह कानु पर्सागढी–४ हर्दिया हारदासपुरमा चुनावी घरदैलोमा पुग्दा जेनजी युवाहरूले उत्साहका साथ समर्थन जनाएका छन्। घरदैलोका क्रममा स्थानीय युवाहरूले कानुसँगै भोट माग्दै अभियानमा सक्रियता देखाएका थिए।
मतदातासँग संवाद गर्दै कानुले डिजिटल शिक्षा, अनलाइन रोजगारी र सीपमूलक तालिममार्फत युवालाई घरमै आम्दानीको अवसर सिर्जना गर्ने योजना रहेको बताए। उनले आधुनिक प्रविधिसँग जोडिएको शिक्षा आवश्यक रहेको उल्लेख गर्दै किशोरीहरूका लागि सुरक्षित र अवसरयुक्त शैक्षिक वातावरण सुनिश्चित गर्ने प्रतिबद्धता पनि जनाए।
घरदैलो भेटघाटका क्रममा स्थानीयले शिक्षा, बेरोजगारी, कृषि समस्या तथा भविष्यप्रतिको चिन्ताबारे आफ्ना सुझाव प्रस्तुत गरेका थिए।



प्रतिक्रिया दिनुहोस्: