समाज
जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) मा समाहित भएका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष ८३ वर्षिय महन्थ ठाकुर मधेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन् ।
उनी अन्य कलस्टरतर्फ ७ हजार ७२५ मत ल्याएर राष्ट्रिय सभामा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार लक्ष्मण पौडेल १ हजार ८०५ मत पाएका छन् ।
ठाकुर नेपाली कांग्रेस, नेकपा एमाले, जसपा र जनमत पार्टीको गठबन्धनबाट उम्मेदवार थिए । उनी प्रतिनिधि सभाका निर्वतमान सदस्य हुन् ।
८३ वर्षिय महन्थलाई पदीय लोभी नेता भनेर टिप्पणी हुन थालेको छ । कमजोर शारीरिक अवस्थाको कारण उनी आफैं उठबस र हिँडडुल गर्न सक्दैनन् । तर पनि उनलाई पदिय लोभ छोडेन ।



प्रतिक्रिया दिनुहोस्: