नेपाली कांग्रेसले जनकपुरमा सभा गरेर माघ १६ बाट चुनावी अभियान सुरु गर्ने

२०८२ माघ ११

१० माघ, जनकपुरधाम । नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि आफ्नो चुनावी अभियान मधेशबाट सुरु गर्ने निर्णय गरेको छ। पार्टीले माघ १६ गते जनकपुरमा प्रदेशस्तरीय बृहत् सभा गरी चुनावी अभियानको औपचारिक घोषणा गर्ने भएको छ।

सभालाई सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मा सहित पार्टीका शीर्ष नेताहरुले सम्बोधन गर्ने तयारी रहेको छ।

पार्टीले उपसभापति विश्वप्रकाश शर्मालाई चुनावी प्रचार प्रसार समितिको संयोजक बनाएको छ। जनकपुरमा हुने सभाका लागि केन्द्रीय तहबाट संयोजन गर्ने जिम्मेवारी पनि उनले पाउने भएका छन्।

मधेशका प्रचार संयोजक नितेश कुमार गुप्ताले जानकारी दिँदै भने, “प्रचार प्रसारलाई तयारीका लागि प्रदेश समितिको शनिबार बैठकले माघ १६ गते हुने बृहत् सभामा लाखौं मानिस सहभागी हुने अपेक्षा गरिएको छ।”

कांग्रेस सभापति गगन थापा सर्लाही–४ बाट उम्मेदवार बनेका छन्। यस पटकको निर्वाचनमा राजनीतिक दलहरूले मधेशलाई केन्द्र बनाएर आफ्ना चुनावी गतिविधिहरू सक्रिय बनाएका छन्।

प्रतिक्रिया दिनुहोस्: