खलङ्गा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट ज्ञानेन्द्र बहादुर शाहीले मनोनयनपत्र दर्ता गराएका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि शाहीले उम्मेदवारी दर्ता गराएका हुन्।
उम्मेदवारी दर्तापछि संचारकर्मीलाई प्रतिक्रिया दिँदै शाहीले भने, जुम्लालाई देशभर चिनाएको र अब समग्र कर्णालीलाई अन्तराष्ट्रिय स्तरमा चिनाउन आफ्नो उम्मेदवारी रहेको उनले बताए।‘कर्णाली चिनाउन, कर्णालीको उत्पादनलाई विश्व बजारमा पुर्याउन मेरो उम्मेदवारी हो। म ललितपुर, सुर्खेतबाट सिफारिस हूँदा जन्म भूमीकै माया लागेर फर्किए। म फेरी जुम्ली जनताको शरणमा आएका छु। जनता जनार्दनको हातमा निर्णय छोडेको छु। निर्णय जे आउँछ स्वीकार गर्छु।’
२०७९ को निर्वाचनमा बहुमत ल्याएर विजयी भएका शाही ६ महिना अघि नै जुम्लाका गाउँगाउँमा पुगेका थिए। तर यसपाली उम्मेदवारी दर्ता गर्ने दिन मात्रै उनी जुम्ला पुगेका हुन्। अन्तिम समयसम्म कहाँबाट चुनाव लड्ने अनिश्चिताकाबीच अन्तिममा जुम्लालाई रोजेका छन्।



प्रतिक्रिया दिनुहोस्: