डि.ए.भी. केडिया स्मृति अन्तर–विद्यालय फुटबल प्रतियोगिताका तेस्रो दिनको खेल सम्पन्न

२०८२ माघ ६

अभिलाष गुप्ता 

वीरगंज, ०५ माघ । डि.ए.भी.केडिया स्कूलद्वारा सञ्चालित “श्री शंकरलाल केडिया स्मृति अन्तर–विद्यालय फुटबल प्रतियोगिता २०८२” अन्तर्गत आज सम्पन्न पहिलो दिनका खेलहरूमा रोचक तथा प्रतिस्पर्धात्मक खेलहरू सम्पन्न भएका छन्।

आज सम्पन्न पहिलो खेलमा मोडर्न स्कूल, परवानीपुरले उत्कृष्ट प्रदर्शन गर्दै क्याम्ब्रिज स्कूल, रक्सौललाई ७–० गोलको फराकिलो अन्तरले पराजित गरेको छ।

खेलको सुरुवातदेखि नै आक्रामक रणनीति अपनाएको मोडर्न स्कूलले खेलभरि दबाब कायम राख्दै सहज जित निकालेको हो।

उक्त खेलमा मोडर्न स्कूलका सोहेल मियाँले शानदार प्रदर्शन गर्दै ह्याट्रिक गोल गरेपछि उनी म्यान अफ द म्याच घोषित भए।त्यसैगरी आजै सम्पन्न दोस्रो खेलमा लिटल फ्लावर स्कूलले कादम्बरी स्कूललाई ३-१ को अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ।

खेलभरि उत्कृष्ट समन्वय र अनुशासित खेल प्रस्तुत गरेको लिटल फ्लावर स्कूलको जितमा महत्वपूर्ण योगदान पुर्‍याएका साभियो घलेले उत्कृष्ट प्रदर्शनका कारण म्यान अफ द म्याच को उपाधि प्राप्त गरे ।प्रतियोगितामा सहभागी विद्यालयहरूबीच उच्च प्रतिस्पर्धा देखिएको डि.ए.भी.केडिया स्कूलका प्रीन्सिपल राकेश मिश्राले जनकारी दिए ।

प्रतियोगिताले विद्यार्थीहरूमा खेलकुद भावना, अनुशासन र आपसी सद्भाव विकास गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास आयोजक पक्षले व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्: