समाज
काठमाडौँ । काठमाडौँको टुँडिखेलमा माघी पर्व र माघे सङ्क्रान्ति पर्व मनाइएको छ । अन्य समुदायले माघे सङ्क्रान्तिका रूपमा मनाउने माघ १ गतेलाई थारु समुदायले माघी पर्व मनाउँछन् ।
यस अवसरमा काठमाडौंको टुँडिखेलमा पनि बिविध सास्कृतिक कार्यक्रमको आयोजना गरिएको छ। कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की, मन्त्री एवम विशिष्ट व्यक्तिहरुले सहभागिता रहेको थियो।सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ ।





प्रतिक्रिया दिनुहोस्: