चारतारे झण्डा, रूख चिन्ह र पार्टी नेतृत्व समेतको दाबी गर्न गगन-विश्वप्रकाश निर्वाचन आयोग जाँदै

२०८२ माघ २

काठमाडौं । नेपाली काँग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापासहितका पदाधिकारीको पक्ष आज निर्वाचन आयोग जाँदैछ ।

नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक बसेपछि बैठकको निर्णयसहित उनीहरू पार्टीको नेतृत्व परिवर्तन भएको विवरण अद्यावधिक गराउन निर्वाचन आयोग जान लागेका हुन्।

नेपाली कांँग्रेसको विशेश महाधिवेशनले हिजो राति गगन थापाको सभापतित्वमा नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित गरेको हो । तर, विशेष महाधिवेशनले भंग गरेको पार्टीको केन्द्रीय कार्यसमिलेने विशेष महाधिवेशन अवैध भएको भन्दै गगन-विश्वप्रकाश, सहमहामन्त्री फरमुल्लाह मन्सुर सहितका पदाधिकारीलाई ५ वर्षको लागि पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको छ ।

कारवाहीको निर्णयलगत्तै विशेष महाधिवेशनले निर्वाचन प्रक्रिया अगाडि बढाइ नयाँ कार्यसमिति निर्वाचित गरेको थियो । सोही विवरण अद्यावधिक गर्नका लागि नयाँ कार्यसमिति आयोग जान लागेको हो ।

 

प्रतिक्रिया दिनुहोस्: