काठमाडाैं । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औं जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ। यसै अवसरमा राष्ट्रपति, प्रधानमन्त्री लगायतले पृथ्वी नारायण शाहको सालिकमा माल्यार्पण गरेका छन् ।
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्तीको अवसरमा सिंहदरबार मूल गेट अगाडी रहेको शाहको सालिकमा माल्यार्पण गरेका हुन्।
राष्ट्रपति पौडेल कार्यक्रम स्थल पुग्दा नेपाली सेनाको एक टुकडीले उनको सम्मानमा सलामी अर्पण गरेको थियो ।
सो समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र राष्ट्रिय सभाका अध्यक्ष लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
हरेक वर्ष २७ पुसमा मनाइने पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदानलाई स्मरण गर्दै विभिन्न कार्यक्रमहरू आयोजना गरिन्छ ।



प्रतिक्रिया दिनुहोस्: