वीरगञ्जमा कर्फ्यू आदेश

२०८२ पुस २१

२१ पुस, वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्र भित्रको  केही स्थानमा कर्फ्यू आदेश जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी आदेशअनुसार आज मिति २०८२/०९/२१ गते साँझ ६:०० बजेदेखि भोलि २०८२/०९/२२ गते बिहान ६:०० बजेसम्म कर्फ्यूको आदेश गरिएको हो ।

कर्फ्यू लागू हुने क्षेत्र अन्तर्गत पूर्वमा वाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चोक र दक्षिणमा शंकराचार्य गेटसम्मको क्षेत्र रहेको छ । आदेशको अवधिमा कुनै पनि प्रकारका सभा, जुलुस, प्रदर्शन तथा हिँडडुल गर्न निषेध गरिएको प्रशासनले जनाएको छ ।

कर्फ्यूको समयमा सुरक्षा निकायले अत्यावश्यक अवस्थामा बाहेक कसैलाई पनि गोली हान्न सक्ने अधिकार प्रयोग गर्न सक्ने जनाइएको छ। साथै, अत्यावश्यक सेवा, एम्बुलेन्स, खानेपानी, बिजुली, सञ्चार, स्वास्थ्य सेवा, मानव अधिकार तथा कूटनीतिक निकायका सवारी साधनलाई भने परिचयपत्रको आधारमा आवतजावतमा सहजीकरण गरिने प्रशासनले स्पष्ट पारेको छ।

जिल्ला प्रशासनले सर्वसाधारणलाई आदेशको पूर्ण पालना गर्न आग्रह गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्: