समाज
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बाल्न)बीच विभिन्न विषयमा ७ बुँदे सहमति भएको छ।
आईतबार विहान सबेरै भएको सम्झौता अनुसार, पार्टीको नाम रास्वपा र चिन्हहरु यथावत हुनेछन् । रवि लामिछानेले पार्टीको नेतृत्व गर्नेछन् भने बालेन शाहलाई आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेद्वारको रुपमा अघि बढाइनेछ ।
सार्वजनिक विवरणअनुसार नवयुवाले भ्रष्टाचार र कुशासनविरुद्ध गरेको आन्दोलनको अपनत्व लिई घाइते तथा सहिद परिवारका मागको यथोचित सम्बोधन गर्ने सहमतिमा उल्लेख छ।
सम्झौतापत्रमा रास्वपा सभापति रवि लामिछाने र बालेन शाहले हस्ताक्षर गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्: