गृहमन्त्रालयले गर्‍यो १२ सहसचिव र १ उपसचिव को सरुवा, (सूचीसहित)

२०८२ पुस ११

काठमाडौं । गृह मन्त्रालयले प्रशासनिक कार्य सम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यले देशभरका १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूको सरुवा गरेको छ ।

गृह मन्त्री अर्यालले सरुवा गरेकामध्ये ११ सहसचिवलाई प्रमुख जिल्ला अधिकारी (सीडीओ) र एक जनालाई कारागार व्यवस्थापन विभागको महानिर्देशकको जिम्मेवारी दिएका छन् । अर्यालले नुवाकोटका सीडीओ शशीधर घिमिरेको सरुवा गर्दै कारागार व्यवस्थापन विभागको महानिर्देशक बनाएका छन् ।

गृह मन्त्रालयमा रहेका सहसचिवहरू राजन पौडेललाई भोजपुर, लक्ष्मीप्रसाद पौडेललाई पर्वत, रेखा कँडेललाई खोटाङ, शान्तिराम प्रसाईलाई प्युठान, उमेश ढुङ्गानालाई लमजुङमा सीडीओको जिम्मेवारी दिइएको छ ।

पर्वतका सीडीओ हरिप्रसाद घिमिरेलाई दोलखामा सरुवा गरिएको छ । तनहुँका सीडीओ रामकृष्ण अधिकारीको सिन्धुपाल्चोकमा सरुवा गरिएको छ भने भोजपुरका सीडीओ शिवलाल तिवारीको तनहुँमा सरुवा गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्: