समाज
काठमाडौँ । देशभर हाल पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसम प्रतिकुल रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश भू–भागमा आंशिक बदलीको अवस्था देखिएको छ।
महाशाखाले तराईका भू–भागमा तापक्रम केही घट्ने तथा बिहानको समयमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको जनाएको छ। हुस्सु–कुहिरोका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने देखिन्छ।
मौसमविद्हरूले विशेष गरी बिहानको समयमा सवारी साधन चलाउँदा र हवाई उडानका क्रममा आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।



प्रतिक्रिया दिनुहोस्: