पौष १, नेपालको अस्तित्व बचाउन सकेको यो ऐतिहासिक दिन

२०८२ पुस १

दिर्घ राज प्रसाईं

काठमाडौं  । श्री ५ महेन्द्रबाट नेपालको सार्वभौमसत्ता सुदृढ बनाउन २०१७ साल पौष १ गते ऐतिहासिक कदम चालेर नेपालको अस्तित्व बचाउन सकेको यो ऐतिहासिक कदम थियो । नेपालका राजनीतिक दलका नेताहरुको कारणले नेपालको अवस्था अत्यन्त कमजोर हुन पुगेको थियो ।

वास्तवमा नेपाल जस्तो सम्वेदनशील राष्ट्र जहाँ उत्तरतर्फ ठूलो देश चीन र दक्षिणतर्फ भारत रहेको देशभित्र राजनीतिक दलहरुको कारणले नेपाली जनता विभाजित हुने मात्र होइनन् देश नै विखण्डन हुनसक्ने अवस्था आएको थियो। राजनीतिक दलका नेताहरु विदेशीहरुको इशारामा चलेर नेपालको सार्वभौमसत्ता माथि खतरा उत्पन्न हुन सक्ने अवस्था आएकाले २०१७ साल पौष १ को कदम चालेर नेपालको सार्वभौम अस्तित्व बचाउने कार्य गरेको थियो । २०६३ सालपछि जसरी विदेशीहरुले ठूलो षडयन्त्रका साथ जसरी नेपालको अस्तित्व समाप्त गराउने नेपालको राष्ट्रिय एकताका प्रतीक राजसंस्था र संसारको एकमात्र हिन्दू अधिराज्यको अस्तित्व समाप्त गरेर गणतन्त्र र धर्मनिरपेक्षता लादेर नेपालको अस्तित्व र पहिचानहरु समाप्त गरेर नेपालको अहिलेको जस्तै विकराल अवस्था आएको थियो ।

२०१७ साल अगाडी नेपालको विकराल अवस्था नआई श्री ५ महेन्द्रबाट त्यत्रो जोखिम मोल्नसक्ने अवस्था थिएन । श्री ५ महेन्द्रबाट नेपाललाई विश्व राजनीतिक रंगमंचमा चिनाए। नेपाललाई कुनै पनि प्रकारको विदेशी हस्तक्षेपबाट मुक्त भई दुई ठूला राष्ट्रहरुको वीचमा रहेर यी दुबै राष्ट्रहरुसँग संतुलित सम्बन्ध गर्न सक्ने श्री ५ महेन्द्र निश्चय नै युगान्तकारी युगपुरुष मानिन्छन् । सोभियत रुस र अमेरिका जस्ता शक्तिसम्पन्न ठूला राष्ट्रहरुको वीच चलिरहेको साम्यवाद र संसद् बाद अन्तर्राष्ट्रिय भिडन्तबाट उम्केर, उत्तरमा कट्टर साम्यवादी राष्ट्र चीन र दक्षिण तर्फ कट्टर संसदवादी देश भारतको वीचमा रहेर यी दुबै राष्ट्रहरु लगायत विश्वका विकसित देशहरुबाट समान सहयोग लिएर राष्ट्र निर्माणमा नेतृत्व प्रदान गर्न सक्ने श्री ५ महेन्द्र एक देशभक्त यूगान्तकारी  पुरुष थिए ।

घटनाक्रम र परिस्थितिले परिवर्तनलाई अपरिहार्य बनाउँदछ । कुनै राजनीतिक पद्धतिको समर्थन र बिरोध भन्दा राष्ट्रको सार्वभौंमसत्तालाई बचाउनु हामी नेपालीहरुको पहिलो कर्तव्य हो । नेपालको सार्वभौंमसत्ता माथि भित्रभित्रै बढ्न गइरहेको खतराबाट देशलाई बचाउन श्री ५ महेन्द्रबाट समयमा जुन कदम चालिबक्सेर देश बचाउने काम गरेर नेपाली राष्ट्रियतालाई सुदृढ बनाएन सकेको थियो । नेपाललाई कुँजो पार्ने भारतको षडयन्त्रबाट बचेर श्री ५ महेन्द्रले जुन व्यवहारिक कुटनीति अपनाएर नेपाल बचाउने काम गरिबक्स्यिो त्यसलाई नेपाली जनताले कहिले बिर्सने छैनन् ।

नेपाल अधिराज्यको संविधान २०१५ को धारा ५५ प्रयोग गरिबक्सेर संसदीय व्यवस्था विघठित गरी प्रधानमन्त्री बि.पी. कोइरालाको मन्त्रिमंडल निलम्वन गरी सबै मन्त्रीहरुलाई हिरासतमा राखियो । हुनत: संसदीय व्यवस्थाको विघटन गरेको कुरालाई समर्थन गर्नु राम्रो होइन तर २०१७ को श्री ५ महेन्द्रबाट चालिबक्सेको कदम राष्ट्रकोलागि अनिर्वार्य आवश्यकता थियो । २०१७ सालको परिवर्तनलाई नेपाल अधिराज्यका जनताले स्वःस्फूर्त चौेतर्फी खुसियाली मनाइएको थियो र नेपालका हरेक क्षेत्र, डाँडा पाखामा दिपावली गरेर श्री ५ महेन्द्रको कदमको समर्थन गरेका थिए । यतिमात्र होइन कि प्रबासी नेपालीहरुले पनि हर्ष बढाईं मनाएका थिए ।

मान्छेको पहिचान सत्तामा पुगे पछि हुदोरहेछ । बोलेर मात्र होइन, सत्तामा पुगेपछि वास्तविकताको धरातलमा उभिएर नेतृत्व गरेर देखाउन सक्नु पर्दछ । त्यो काम श्री ५ महेन्द्रले गरेर देखाउ बक्सेको हो। श्री ५ महेन्द्रले पञ्चायती व्यवस्थालाई माध्यम बनाएर विभिन्न विचारमा विभाजित नेपाली जनतालाई एकतावद्ध गरेर नेपालको आर्थिक विकासको क्षेत्रलाई अगुवाई गरेर श्री ५ महेन्द्रबाट भारत, चीन एवं मित्र देशहरु लगायत समाजवादी देशहरुको सहयोग लिएर नेपालको आर्थिक विकासको क्षेत्रमा ५० भन्दा बढी उद्योग र जनतालाई प्रत्यक्ष लाभ हुँने संस्थानहरु स्थापित गराएर धेरै पछि परेको देश नेपालमा अहं भूमिका खेलेर शिक्षा,स्वस्थ्य, यातायात,बाटोघाटोको निर्माण, सिंचाई, विद्युत र नेपाली जनतालाई न भइन हुने आवश्यकताको परिपूर्ति गराउदै श्री ५ महेन्द्रले साहित्य कला क्षेत्रमा राम्रो स्थान दिएर जनतालाई ठुलो प्रेरणा बक्सेको थियो ।

श्री ५ महेन्द्र, नेपाल अधिराज्यका हर ठाँउमा जनताको घर दैलोमा पुगी जनताको दुःख सुख हेरी एउटा राजनेताको रुपमा परिचित होइबक्सियो । राजा महेन्द्रबाट १० बर्ष मात्र देश निर्माणमा हात हालेर देशलाई सलक्क उठाउने काम भयोे । राजा महेन्द्रले हात नहालेको कुनै क्षेत्र छैन जुन कुनै पनि अधुरा छैनन् ।

“कोही धनी असाध्ये,कोही गरीब माग्ने, सक्तिन देख्न भन्छिन् सन्तान थरिथरिका ,

गर्छिन पुकार आमा रोही कराई जोडले —होइन मेरो भन्छिन् सन्तान् थरिथरिका ।”

कविताबाट यस्तो युगवोध गर्न सक्ने राजा महेन्द्र नेपालका भाग्यबिधाता हुन् भन्ने कुरा सबैले स्वीकारेका छन् । वर्ग संघर्ष हिन्सात्मक हुन्छ , त्यसकाृ सट्टामा पूँजिपति र मजदुरको आपसमा सहयोग र समन्वयको सिद्धान्त प्रतिपालन गरेर समन्वयवादको आधारमा नेपाली जनतालाई हाँकिबक्सेको थियो । नेपालमा भूमिसुधार , राज्यरजौटा, विर्ता उल्मूलन् जस्ता क्रान्तिकारी कदम चालिबक्सेर रक्तपात वीना सबैलाई चित्त बुझएर नेपालमा शोषणरहित समाजको सिर्जना गराउने जस्ता मानवीय कार्यक्रमहरु लागु गरिबक्सियो । जाति पाति, लिंगभेद, छुवाछुत जस्ता रोगहरुले नेपाललाई ग्रसित गराएको थियो । यस्तो अमानवीय रोगबाट नेपाललाई मुक्त गराउन राजा महेन्द्रबाट नयाँ मुलुकी ऐन दिएर नेपाली जनतालाई एउटै नेपाली जातिमा परिणत गराउने कार्यको अवलब्वन गराइबक्सियो । त्यसबेलाको अवस्था हेर्दा यो सानो कुरा मानिदैन ।

राजा महेन्द्रले विश्वका ठूला राष्ट्रहरुको दवाबबाट मुक्त हुन असंलग्न परराष्ट्र् नीतिको सिद्धान्त अवलम्वन गरेर संयुक्त राष्ट्र् संघ जस्ता ठाँउमा नेपालको अगुवाई गराउन सकेको थियो । आधुनिक चीनका शक्तिशाली नेता माउत्सेतुङ र भारतका शक्तिशाली प्रधानमंत्री जवाहारलाल नेहरु यी दुबैसँग राजा महेन्द्रले सन्तुलित मित्रता कायम गर्न सकेको थियो । यसैगरी असंलग्न आन्दोलनको सिलसिलामा नेहरु लगायत इजिप्टका नासेर ,इण्डोनेशियाका सुकार्नो, तत्कालिन युगोस्लाभियाका राष्ट्र्पति टिटो एवं राजा महेन्द्रको विश्व राजनीतिमा ठूूलो प्रतिष्ठा छ । पहिलो असंलग्न सम्मेलनमा भाग लिएर सन् १९६७मा बेलग्रेडमा राजा महेन्द्रले पेलेस्टाइनी समस्या समाधानको लागि जुन कुरा निर्धक्कसाथ बोलेर “जोर्डन नदीको पश्चिम किनारा र गाँजा क्षेत्रमा पेलेस्टाइनी राज्य कायम हुनु पर्दछ” भन्ने मागले अहिलेसम्म स्थान पाइरहेको छ । वास्तवमा यही प्रस्तावनैं इजरायल र पेलेस्टाइनीहरुको लागि सही समाधानको बाटो हो । श्री ५ महेन्द्रको २०१७ सालको लडाईं सत्ताको लागि होइन, राष्ट्र् बचाउँनको लागि मात्र थियो भन्ने कुरा । राष्ट्र्को अगाडि राजा महेन्द्रको निजी स्वार्थ भन्ने कुरा केही थिएन ।

यी सारा कुराको अलावा २०१८ सालमा भारतको भ्रमण गरेर नेपालको सार्वभौमसत्तामा संवन्धमा जानकारी दिइबक्सियो । भारतमा त्यसबेला ६० करोड हिन्दुहरुको संख्या थियो । राजा महेन्द्रले भारतका सम्पूर्ण हिन्दुहरुलाई प्रभाव पारेर भारतीय षढयन्त्रकारी नेताहरुलाई कब्जामा लिएर नेपालमा स्वतन्त्र भएर काम गर्नको लागि वित्र,म संवत २०१९ सालको संविधान घोषणा गरेर संविधानमा नेपाललाई हिन्दु अधिराज्य घोषणा गरिबक्सेको थियो । नेपाल हिन्दुराज्यको रुपमा स्थापित भएपछि भारतका सम्पूण हिन्द्हरु ख्सी भएर नेपालका राजा महेन्द्रको जयजयकार गरेका थिए ।

। यसो भएपछि भारतका हिन्दुहरुका डरले भारतका प्रधानमंत्री जवाहारलाल नेहरु लगायत भारतका नेताहरुले राजा महेन्द्रका कुनै पनि कार्यहरुको विरोध गर्ने काम गरेनन् । वास्तवमा हिन्दु अधिराज्य यस्तो एउटा शक्ति हुन गयो कि सुरक्षाको हिसावले भारतीय पक्षले हस्तक्षेप गर्नसक्ने अवस्था निस्तज हुन गयने । यसरी राजा महेन्द्रले नेपाललाई अनेकौं उपायहरु गरेर बचाउने काम गरिबक्सेको हो ।

हो, यहाँ बीपी कोइरालाको पनि चर्चा गर्नु आवश्यकता छ । उनी एक पैजातन्त्रवमदी योद्धा थिए । नेपालको प्रजातान्त्रिक अधिकारको लडाईंमा वि.पी. कोइरालाको ठूलो देन छ , यो सत्य हो । वि.पी.प्रजातन्त्रबाट मात्र देश बाँच्छ भन्थे । तर राष्ट्र्यिता र प्रजातन्त्रलाई सँगसँगै हाँकेर नेपालको राष्ट्र्यि स्वाधिनता र सावैभौमसत्ताको संरक्षण गर्दै जनताको सक्रिय सहभागिता जुटाउने प्रकारको कूान्तिकारी अडान राजा महेन्द्रको थियो । वि.पी.को भारतका जय प्रकाश नारायण लगायत थुपैै्र नेताहरुसंग सहभास भएकाले गर्दा वी. ंपी. भारतपरस्त हुनपुगे । संगतले गर्दा यो स्वाभाविकै पनि थियो । बि.पी. कोइरालाको ठुलो कमजोरी के थियो भने भारतीय नेताहरुले भनेको कुरा काट्दैन थिए । बि.पि प्रधानमन्त्री भएपछि महिना पन्ध्र दिनमा आफ्नो अनुकुल अनुसार जहिले तहिले दिल्लीको इम्पोरियम होटलमा पुग्ने र भारतीय नेताहरुसंग कुराकानी सल्लाह लिएर फर्कने गर्दथे । यस्ता भ्रमणको रेडियो नेपाल र गोर्खापत्रले प्रकाशमा ल्याउदैन थिए । किनकी यस्ता कुराहरु बि.पीका नितान्त व्यक्तिगत मानिन्थे । २००८ सालमा बि.पी गृह मन्त्री हँुदा नेपालको कम्यूनिष्ठ संगठनलाई प्रतिबन्ध लगाउन पनि भारतले बि.पीलाई नै प्रयोग गरेको थियो । दिल्लीको दबाबमा नेपालको कम्यूनिष्ट संगठन माथि लगाइको प्रतिबन्धलाई राजा महेन्द्रबाट २०१३ सालमा फुक्का गरिएको थियाृे । त्सबेलादेखि नेपालका कम्यूनिष्टहरुले गणतन्त्रको कुरा उठाउन छाडेको थियो ।

नेपाली काग्रेसकै क्रियाकलापको कारणले २०१७ सालमा राजनैतिक परिर्वतन हुन गएको हो । राजा महेन्द« र बि.पी बीच कुनै व्यक्तिगत मतभेद र झगडा नभएर राष्ट्रियताको सवाल थियो, भारतीय हस्तक्षेप बिरुद्ध । नेपालका एउटा महान देशभक्त राजा महेन्द्रको असामयिकरुपमा २०२८साल माघ १७गते ५२बर्षको उमेरमैं देहान्त हुनगयो । राजा महेन्द्रको स्वर्गारोहणको खबर सुन्दा मुलुक रोएको थियो । भारतीय सामाचारपत्र नवभारत टाइम्सले लेखेको थियो–“सन् १९६० मा संविधान भङ्ग गरेको निर्णयलाई आलोचना त गरियो तर पछिका घटनाहरु र नेपालमा पञ्चायती व्यवस्था लागू गरिएपछि यो कुरा स्पष्ट भयो कि राजा महेन्द«को निर्णय र प्रयोग उचित थियो । श्री ५ महेन्द«वाट नेपाललाई प्रजातन्त्र र प्रगतिपथमा लाने कार्य भयो । तटस्थता र गूटनिरपेक्षको नीतिमा दृढ रहेर सबैलाई नेपालको मित्र बनाउने कोसिस भयो ।” त्यसैगरी इण्डियन एक्सप्रेसले भनेको थियो— “श्री ५ महेन्द« मौलिक विचारवान व्यक्ति होइबक्सन्थ्यो । राजा महेन्द«लाई नेपाल र संसारका अन्य भागमा पनि त्यस्तो ब्यक्तित्वको रुपमा स्मण गरिनेछ कि जसले आफ्नो सामथ्र्य र शक्ति अनुसार आफ्नो देशको सेवा गर्ने संकल्प गरेको थियो ।” यसरी विश्वभरका पत्रपत्रिकाहरु र त्यसैगरी विश्वभरका देशका नेताहरुले एउटा महान व्यक्तित्व गुमाएको महसुस गरेका थिए । राजा महेन्द्रका विचारलाई नेपालका राजनीतिक समूहहरुले आत्मासाथ गर्नसक्नु पर्दछ । नेपालमा पृथ्वीनारायण शाह, राजा महेन्दलाई जस्ले चिन्दैन उसले नेपालमा राष्ट्रियता र प्रजातन्त्रलाई बुझ्न सक्तैन । बीपी कोइराला प्रजातन्त्रका नायक हुन् भने राजा महेन्द्र नेपाली राष्ट्रवादका दाता हुन् । यी दुई विचार बीच संतुलन र समन्वय गरेर हिड्न सकियो भने नेपाल कहिले पनि अन्योलमा पर्दैन । पौष १ गते २०१७ सालमा एतिहासिक परिवर्तन गरेर नेपालको सार्वभौम अस्तित्व बचाउने श्री ५ महेन्द्र नेपालका अमर विभूति हुन्, कहिले नअस्ताउने नेपालको इतिहासका राष्ट्रियताका तारा ।।

 

प्रतिक्रिया दिनुहोस्: