वीरगञ्जको नगवामा सांघातिक हमलामा दुई जना पक्राऊ

२०८२ मंसिर ३०

वीरगञ्ज । वीरगञ्ज महानगर -१६ नगवामा शिवनाथ रौनियार र उनका छोराहरूले रोशन साह कानुनको परिवार माथि सांघातिक हमला गरेका छन्।

आइतबार बेलुका अन्दाजी ६ बजे शिवनाथ रौनियारको छोराहरू राहुल रौनियार र रिषी रौनियारले १० वटा मोटरसाइकलमा सवार २० जना समूहका आक्रमणकारीलाई ल्याई रोशन साह कानुको घर आँगनमा गुण्डा शैलीमा पसी सांघातिक आक्रमण गरेका हुन् ।

आक्रमणकारीहरुले फलामको डन्डी र क्रिकेटमा प्रयोग हुने ब्याट्बाट आक्रमण गरेका थिए।

सो आक्रमणमा रोशन साह कानुकी श्रीमती रिंकु देवी र रोशन साहको भतिज सागर साहको टाउको फुटाई घाइते बनाएका छन्।

घाइतेहरुको वीरगन्ज स्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार पछि निलकण्ठ अस्पताल वीरगन्जमा उपचार भइरहेको छ।

आक्रमणकारीहरु राहत रौनियार र रिषी रौनियारलाई प्रहरीले पक्राऊ गरि पुर्पक्षका लागि थुनामा राखेका छन्।

 

प्रतिक्रिया दिनुहोस्: