नेपाल सुहाउँदो मौलिक व्यवस्था निर्माण गरेर अघि बढन राजेन्द्र लिङ्देनको प्रस्ताव

२०८२ मंसिर २५

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको नाममा कांग्रेस-कम्युनिस्टहरूले ३५-३६ वर्ष देखि जुन ढंगले देश चलाए त्यसबाट जनता खुसी नभएको बताएका छन् ।

राप्रपा केन्द्रीय कार्यसमितिको बुधबारको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले यस्तो धारणा राखेका हुन् । राजनीतिक दलप्रति जनताको विश्वास टुटेको उनको भनाइ छ ।

अध्यक्ष लिङ्देनले विगतमा प्राप्त उपलब्धिको रक्षा गर्दै नयाँ समझदारी कायम गरेर नेपाल सुहाउँदो एउटा मौलिक व्यवस्था निर्माण गरेर जानुपर्ने बताए । अन्यथा देशले दुर्घटना भोग्नुपर्ने उनको भनाइ छ ।

अध्यक्ष लिङ्देनले भने, ‘२००७ सालको परिवर्तनले ल्याएको मूलभूत उपलब्धि प्रजातन्त्र, २०४६ सालको परिवर्तनले ल्याएको बहुदलीय प्रतिस्पर्धा, २०६२/६३ को परिवर्तनले ल्याएको समावेशी समानुपातिकलाई सुरक्षित गर्दै नयाँ समझदारी कायम गरेर नेपाल सुहाउँदो एउटा मौलिक व्यवस्था निर्माण गरेर जानुपर्दछ । अन्यथा देशले दुर्घटना बेहोर्नुपर्छ ।’

नसच्चिने हो भने तपाईंहरू भाग्नै पर्छ भन्यौं । दौडिन सक्नु हुन्न भने हेलिकप्टरसम्मको उपयोग गर्न सक्नुहुन्छ भन्यौं । धेरै समय नबित्दै त्यसको सामना गर्नुपर्‍यो । कार्यपालिका, न्यापालिका र व्यवस्थापिका ध्वस्त भयो । देशका प्रधानमन्त्रीले समेत आफ्नो ढोकामै प्रदर्शनकारी आइपुगेको सूचना नै पाएनन् । राज्यव्यवस्था कति कमजोर छ भन्ने त प्रमाणित भयो-भयो । नेपाल भू-राजनीतिक चक्रव्यूमा कुन ढंगले फसेको रहेछ भन्ने कुरा समेत स्पष्ट भयो। नेपालको निर्णायकत्व नेपाली जनताको हातमा हुनुपर्दछ भनेर राप्रपाले निरन्तर रूपमा आवाज उठाउँदै आइरहेको छ,’ अध्यक्ष लिङ्देनले भने ।

प्रतिक्रिया दिनुहोस्: