समाज
जनकपुरधाम । मधेश प्रदेशको नेपाली कांग्रेसका कृष्णप्रसाद यादवलाई मुख्यमन्त्री बनाउने सात दलिय गठबन्धनले सहमति गरेको छ।
आज बिहानैदेखि चलेको छलफलमा यादवको नाममा सहमति भएको एक प्रदेश सांसदले जानकारी दिए । अहिले प्रदेश सांसदहरूले हस्ताक्षर गर्ने काम भइरहेको छ।
केहीबेरमा सात दलका नेताहरु प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णसमक्ष पुगेर दाबी पेस गर्ने तयारी रहेको लोसपा संसदीय दलका नेता जयनुल रायनले जानकारी दिए ।
सात दलिय गठबन्धनमा नेपाली कांग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी), जसपा नेपाल, लोसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्: