मधेसमा नेपालको संविधानको धारा १६८(२) अनुसार नयाँ सरकार गठन गर्न बाटो खुला

२०८२ मंसिर १८

जनकपुरधाम । मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा दिएसँगै मधेस प्रदेशमा संविधानको धारा १६८ (२) बमोजिम नयाँ सरकार गठनको बाटो खुला भएको छ ।

विश्वासको मत लिन बुधबार दिउँसो २ बजे डाकिएको बैठकमा प्रदेशसभा बैठकमा मुख्यमन्त्री यादवले राजीनामा घोषणा गरेका हुन् । आजकै मितिबाट राजीनामा दिन्छु । र, प्रदेश प्रमुखको कार्यालयमा गएर राजीनामा बुझाउँछु,’ उनले भने ।

सात दलीय गठबन्धनलाई लक्षित हुनेगरी आफ्ना धारणा राख्न थालेपछि काँग्रेससहितका विपक्षी दलहरू बैठकबाट निस्केका थिए । सदनमा सत्ता पक्ष एमाले, नेपाल संघीय समाजवादी पार्टी र राप्रपाका सांसद मात्र सदनमा उपस्थित थिए ।

त्यस घटनाले मधेश अशान्त बनेको थियो । नेपाली काँग्रेससहितको सातदलीय गठबन्धनका ७३ जना प्रदेश सांसदले सर्वोच्च अदालतमा कात्तिक २५ गते रिट सरकार गठनविरुद्ध रिट दायर गरेका थिए ।

त्यसमा परमादेश जारी गर्दै सर्वोच्च अदालतले गत सोमबार मुख्यमन्त्री यादवलाई २४ घण्टा भित्र विश्वासको मत लिन परमादेश गरेको थियो । यस्तै लिन नसकेको खण्डमा पुन: संविधानको धारा १६८ को २ बमोजिम सरकार गठन गर्न भनेको थियो ।

प्रतिक्रिया दिनुहोस्: