जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री यादवले विश्वासको मतका लागि प्रस्ताव राख्नु अघि आफ्नो मन्तव्य राखिरहेको समयमा विपक्षी दलका सांसदहरू प्रदेश सभा बैठकबाट बाहिरिएका छन्।
उनले सातदलीय गठबन्धनलाई लक्षित हुने गरी आफ्नो धारणा राख्न थालेपछि नेपाली कांग्रेससहितका विपक्षी दलका सांसदहरू बैठकबाट बाहिरिएका हुन् ।
अहिले सत्ता पक्ष एमाले, नेपाल संघीय समाजवादी पार्टी र राप्रपाका सांसद मात्र सदनमा उपस्थित छन् ।
२४ गते कात्तिकको झिसमिसे बिहानीमा यादवले मुख्यमन्त्रीको शपथ खाएका थिए । असंवैधानिक नियूक्ति र शपथ लिएको भन्दै असन्तुष्ट दलहरूले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
सो रिटमा सुनुवाइ गर्दै सर्वोच्चले २४ घण्टाभित्र विश्वासको मत लिन मुख्यमन्त्री यादवको नाममा १५ मंसिरमा परमादेश जारी गरेको थियो सोही बमोजिम बुधबार (आज ) मुख्यमन्त्री ले विश्वासको मत लिने कार्यक्रम रहेको छ ।



प्रतिक्रिया दिनुहोस्: