वीरगंज, २४ कात्तिक । फरार प्रतिवादी पक्राउ गर्न पर्सामा प्रहरी सक्रिय भएको पाईएको छ ।
प्रहरी चौकी सिर्सियाका ईन्चार्ज बरिष्ठ प्रहरी नायब निरीक्षक श्यामबाबु यादवको कमाण्डमा तीन जना फरार अभियुक्तहरुलाई पक्राउ गरिएको छ ।
वीरगंज महानगरपालिका वडा नं. १७ बस्ने रामबाबु साह कानुको जाहेरीले प्रतिवादी सोही ठाउँ बस्ने अम्बिका साह, हिरा साह र लक्ष्मी साहलाई अपमानजनक तथा अमानविय व्यवहार मुद्दामा पक्राउ गरी सिर्सियाका ईन्चार्ज यादवको कमाण्डले वडा प्रहरी कार्यालय श्रीपुरमा बुझाउंदा थप अनुसन्धानको लागि श्रीपुरले जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएको छ ।
पिडित रामबाबु साह र उनका परिवार समेतलाई पक्राउ परेका व्यक्तिहरुले तथानाम गाली गर्दै मरणशान हुने गरी कुटपिट गरिरहंदा भन्सार नजिकै खटिएका डियुटी प्रहरीले उद्धार गरी अस्पताल पु¥याउनमा मदत पु¥याएका थिए ।
पिडितले नारायणी अस्पतालमा उपचार गराएर घर फर्किदा बिपक्षी प्रतिवादीहरुले पुनः धम्की दिदै आईरहेका थिए ।
पक्राउ परेका प्रतिवादीहरुलाई पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थमाई अनुसन्धान प्रक्रिया अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक हरिबहादुर बस्नेतले बताए ।



प्रतिक्रिया दिनुहोस्: